काठमाडौं । कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन सहकारीले नपाउने भएका छन्। सहकारीले सदस्यबाट १६ प्रतिशतभन्दा बढी ब्याज लिए कारवाही हुने भएको हो।
अब सदस्यले सहकारीमा बचत गर्दा १० प्रतिशतसम्म ब्याज पाउनेछन् भने कर्जा लिँदा १६ प्रतिशतभन्दा बढी ब्याज तिर्नुनपर्ने भएको छ । सहकारी विभागका रजिस्ट्रार डा.टोकराज पाण्डेले ब्याजदर कार्यान्वयन गर्न कडाइका साथ अनुगमन गरिने बताए।
बचत र ऋणको ब्याज अन्तर ६ प्रतिशतभन्दा बढी भए कारबाही हुने व्यवस्था छ। सहकारी ऐन २०७४ को दफा १३२ अनुसार नियम उल्लंघन गर्दै सहकारीले तोकिएको ब्याजभन्दा बढी असुलेमा या बचतमा कम ब्याज दिए पाँच लाखसम्म जरिवाना हुने व्यवस्था छ।
२०७६ श्रावण १८ गते प्रकाशित