शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विदेशको दुःख सम्झदैँ थालेको कुखुरापालनबाट मासिक डेढ लाख आम्दानी

विदेशको दुःख सम्झदैँ थालेको कुखुरापालनबाट मासिक डेढ लाख आम्दानी

  • 6.0K
    SHARES
  • भोजपुर । जिल्लामा पछिल्लो समय युवामा विदेश गएर आएपछि व्यवसायमा लाग्ने लहर बढेको छ । उनीहरुले विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट निकै राम्रो आम्दानी पनि गरिरहेका छन् । यसैका उदाहरण बनेका छन् भोजपुरको तिवारी भञ्याङका युवा व्यवसायी दिपक सुवेदी । विदेश बसेर फर्केपछि सुवेदीले करिब पाँच वर्षदेखि व्यावसायिक रुपमा खुकुरापालन गरिरहेका छन् । शुरुमा बोइलर जातको कुखुरापालनमा लागेका उनले अहिले लेयर्स जातका कुखुरापालन गरिरहेका छन् । सुवेदी पोल्ट«ी फर्ममा अहिले दुई हजार ७०० कुखुरा छन् भने ती कुखुराले दैनिक एक हजार १०० अण्डा उत्पादन गर्दै आएका छन् । जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको बताउने सुवेदीले मासिक रुपमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गरिहेका छन् । युवा व्यवसायी सुवेदी भन्छन्, ‘‘विदेशमा पसिना बगाइयो, त्यहाँ गएपछि मलाई स्वदेशमा नै काम इच्छा जाग्यो अहिले मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी गरिहेको छु ।’’ सुवेदीले अहिले पाँच जनालाई रोजगारीसमेत दिएका छन् । ‘‘पहिला आफैँ रोजगारीको लागि विदेश गएँ, हामीमा व्यावसायिक धारणा नहुँदा दुःख पाइदो रहेछ, अहिले आफैँले पाँच जनालाई रोजगारीसमेत दिएको छु’’ उनले भने । उनले उत्पादन गरेका अण्डा अहिले जिल्लासँगै बाहिरी जिल्लामा समेत जाने गरेको छ । अहिलेसम्म करिब ५० लाख लगानी भइसकेको उनको भनाइ छ । शुरुमा खास सहयोग नपाएको भए पनि अहिले सुवेदीलाई गाउँपालिकाले ५०० चल्ला र २० बोरा चारो उपलब्ध गराएको सुवेदीको भनाइ छ । गाउँपालिकाले युवालाई लक्षित गरेर विभिन्न खाले सहयोग गरिएको जनाएको छ । गाउँपालिका अध्यक्ष किरण राईले भने, “पछिल्लो समय हाम्रो गाउँपालिकामा युवामा कृषिप्रतिको मोह बढेको छ ।” गाउँपालिकाले उनीहरुलाई प्राविधिक सहयोगसँगै अनुदानको पनि व्यवस्था गरिरहेको छ ।’’ स्थानीय सरकार सञ्चालनमा आएपछि जिल्लाका धेरै युवाहरुमा कृषिप्रतिको मोह बढ्दै गएको गाउँपालिको जनाएको छ । युवाहरुमा आएको व्यवसायप्रतिको धारणालाई कदर गर्दै आगामी दिनमा अझ प्रभावकारी रुपमा योजना निर्माण गरेर विदेश जाने युवाको सङ्ख्यामा कमी ल्याउने गाउँपालिकाको योजना रहेको छ । रासस
    २०७६ श्रावण १८ गते प्रकाशित
     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १९, २०७६ आइतवार - ०१:४९:३८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology