खानिखोला । धादिङको धुनिबेशी नगरपालिका स्थित कानाकोटमा भएको ट्रक दुर्घटनामा च्यापिएका सहचालक उद्धार गरिएको छ । सिन्धुली जिल्ला घर भएका सहचालक दिपेन्द्र स्याङताङ्गको स्थानिय र प्रहरीको प्रयास पछि उद्धार गरिएको हो ।
भिरालो जग्गामा ट्रकमुनी च्यापिएका सहचालक लाई उपकरण अभावमा उद्धार गर्न ढिलाई र कठिनाई व्यहोर्नु परेको प्रहरीले जनाएको छ । उद्धार पछि घाइते सहचालकलाई उपचारको लागि काठमाडौं लगिएको छ।
चितवनबाट इँटा बोकेर काठमाडौं तर्फ जाँदै गरेको ना ८ ख ३४२५ नम्बरको ट्रक सडकबाट करिव ४० मिटर तल पल्टिएर दुर्घटना हुँदा चालकसहित दुई घाईते भएको हुन् । गम्भिर घाईते भएका चालक रौतहट जिल्ला वन्दिपुर नगरपालिका ४ निवासी २५ वर्षीय शम्शेर दिप स्याङताङ्गको काठमाडौं ट्रमा सेन्टरमा उपचार भैरहेको प्रहरीले बताएको छ ।
दुर्घटनाको बेला अवरुद्ध भएको सडक खुलेपनि जथाभावी ओभरटेकका कारण सवारी साधनको चाप रहेको छ । छिटो पुुग्ने मानसिकताका कारण सवारी चालकले ओभरटेक गर्ने गरेको प्रहरी बताउँछ । यसकै कारण धार्के नागढुँगा सडकका विभिन्न स्थानमा सवारी साधनको चाप रहेको छ ।
२०७६ साउन १९ गते प्रकाशित