आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘षट्कोण’ को औपचारिक निर्माण घोषणा, पत्रकार बन्दै कर्मा

‘षट्कोण’ को औपचारिक निर्माण घोषणा, पत्रकार बन्दै कर्मा

  • 7.6K
    SHARES
  • काठमाडौं । मिलन डि। काप्रीको निर्देशनमा बन्न लागेको फिल्म ‘षट्कोण’ को औपचारिक निर्माण घोषणा गरिएको छ । भदौ १८ गतेबाट फ्लोरमा जाने फिल्म मनोवैज्ञानिक रहस्यमा आधारित हुने जनाईएको छ । शिशिर वनेमको कथा तथा पटकथा रहेको फिल्ममा महेश दवाडीको संवाद छ । फिल्ममा कर्मा शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, विराज कडरिया, शिशिर वनेमलगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेत्रीको भने अहिलेसम्म टुंगो लागेको छैन । अभिनेता कर्माले आफूले फिल्ममा एक मर्डरको अनुसन्धान गरिरहेको पत्रकारको भूमिका निर्वाह गर्न लागेको बताए ।आङछेन लामाले खिच्ने फिल्मलाई क्लेमेन्टाइन प्रोडक्सन प्रा।लि।ले निर्माण गर्न लागेको हो । भिमफेदी र काठमाडौंमा छायांकन हुने फिल्ममा विशेष पाण्डेको ध्वनी, अशेश लुईंटेलको मुख्य सहायक निर्देशन रहनेछ । २०७६ साउन २० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७६ सोमवार - १४:३४:२९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology