आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङकी स्नेहा रुपाखेती ‘मिस सुप्रिम युएसए २०२६’ को फाइनलमा

धादिङकी स्नेहा रुपाखेती ‘मिस सुप्रिम युएसए २०२६’ को फाइनलमा

नागरिक पाटी

३०, बैशाख २०८३
  • 3.5K
    SHARES
  • धादिङकी स्नेहा रुपाखेती ‘मिस सुप्रिम युएसए २०२६’ को फाइनलमा

    न्युयोर्क । अमेरिकाको प्रतिष्ठित सुन्दरी प्रतियोगिता ‘मिस सुप्रिम युएसए २०२६’ को फाईनल चरणमा स्नेहा रुपाखेती छनौट भएकी छन् । रुपाखेतीले ‘मिस सुप्रिम अष्टिन’ को उपाधि जित्दै यस राष्ट्रिय स्तरको प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्दै प्रतियोगितामा सहभागी हुने र फाइनलसम्म पुग्ने एकमात्र नेपाली मूलकी प्रतिस्पर्धी हुन् । जो टेक्सस राज्यको अस्टिन सानमार्कोस सहर स्थित टेक्सस स्टेट युनिभर्सिटीमा स्नातक तह चौथो सेमेस्टरमा अध्ययनरत छिन् ।

    images

    रुपाखेतीले आगामी मे १४ देखि १६ सम्म ह्यूस्टन शहरमा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा भाग लिनेछिन्, जहाँ मे १६ तारिख साँझ ६ बजेदेखि ८ बजेसम्म बीटीसी क्रिएटिभ स्पेसमा प्रतियोगिताको भव्य समापन हुने कार्यक्रम छ । यसअघि पनि उनले ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ मा समेत आफ्नो दरिलो उपस्थिति जनाइसकेकी छिन् ।

    प्रतियोगिताको मञ्चलाई केवल व्यक्तिगत ताज जित्ने माध्यमका रूपमा मात्र नलिई स्नेहाले नेपालका सीमान्तकृत समुदायको आवाज विश्वस्तरमा पुर्‍याउने प्रण गरेकी छिन् । विशेष गरी धादिङ र चितवनका विकट क्षेत्रमा रहेका सीमान्तकृत चेपाङ समुदायका बालबालिका, श्रमिक बालबालिका र शिक्षाबाट वञ्चित रहेका समूहको हकहितका लागि उनले आफ्नो धारणा प्रस्तुत गरिरहेकी छिन् । उनले बाल्यकालमा देखेका र भोगेका ती बालबालिकाहरूको अवस्था सुधार गर्न, जसले चाहेर पनि सपना देख्न पाइरहेका छैनन्, उनिहरुको आवाज र अधिकारको लागि सधैं क्रियाशील रहने बताएकी छिन् ।

    धादिङको सामुदायिक विद्यालय जनजागृति माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा (SEE) उत्तीर्ण गरेकी स्नेहाले आफ्नो बाल्यकालमा नजिकैबाट देखेका विपन्न बालबालिकाहरूको अवस्था सुधार गर्न र उनीहरूलाई ठूला सपना देख्न प्रेरित गर्ने अठोट लिएकी छिन् । ताजसँगै आउने जिम्मेवारीलाई प्राथमिकता दिने बताउँदै उनले विश्वको जल्दोबल्दो चुनौतीको रूपमा रहेको जलवायु परिवर्तन र यसले नेपाल जस्ता विकासशील राष्ट्रहरूमा पारेको गम्भीर असरलाई पनि आफ्नो मुख्य एजेण्डाको रूपमा उठाउने जमर्को गर्नेछिन् ।

    सर्वाधिक पव्लिक च्वाइस अवार्डको लागि भोटगर्न चाहनेहरुको लागि लिङक तल राखिएको छ ।

    https://www.google.com/search?q=https://catchthecrown.com/vote/contestant/node/3606

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३०, २०८३ बुधवार - ०७:४१:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology