आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जलविरेबाट ट्रक त्रिशूली नदीमा खस्यो, खोजीकार्य जारी

जलविरेबाट ट्रक त्रिशूली नदीमा खस्यो, खोजीकार्य जारी

  • 4.8K
    SHARES
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट त्रिशूलीमा खसेको हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको छ । ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउँपालिका–५ का ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । ट्रकमा अन्य मानिस भने नभएको प्रहरीले जनाएको छ । २०७६ साउन २० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७६ सोमवार - १८:४८:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology