आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नागढुंगा–नौबिसे सुरुङमार्गको धादिङ तर्फ मुआब्जा रकम तय

नागढुंगा–नौबिसे सुरुङमार्गको धादिङ तर्फ मुआब्जा रकम तय

  • 10.3K
    SHARES
  • धादिङ । नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणाधीन क्षेत्रमा मुआब्जा विवाद सुल्झेको छ। नागढुंगा–नौबिसे सुरुङमार्ग काठमाडौं र धादिङको सीमा क्षेत्रमा निर्माण हुँदै छ। काठमाडौंको मुआब्जा रकम यसअघि नै सल्टिए पनि धादिङतर्फ तय हुन सकेको थिएन। मुआब्जा मूल्यांकन समितिले सोमबार धादिङतर्फ आयोजना प्रभावितलाई वितरण गर्ने मुआब्जा रकम तय गरेको छ। सुरुङमार्ग निर्माण गर्न धादिङतर्फको एक सय नौ रोपनी जग्गा अधिकरण गर्नुपर्नेछ। तर सडक सिमांकनभित्रको जग्गाको भने मुआब्जा दिइने छैन। सिमांकनबाहिर परेको ४४ रोपनी जग्गाको मुआब्जा वितरण गर्ने सहमति भएको हो। धुनिबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले प्रतिआना ७ लाख रुपैयाँदेखि ९ लाख ७० हजार रुपैयाँको दरमा मुआब्जा रकम तय भएको जानकारी दिए। मुआब्जा वितरण गरिने जग्गामध्ये धेरै श्री ५ को वायु गुठीको नाममा छ। तर, त्यो कुन प्रकृतिको कार्यका लागि गठन गरिएको भन्ने पत्ता लाग्न सकेको छैन। मोहीले परापूर्व कालदेखि जग्गा भोगचल गर्दै आएको दाबी गर्दै शतप्रतिशत मुआब्जा माग गर्दै आएका छन्। कतिपय जग्गाधनीको लालपूर्जा पनि छैन। तर आयोजना किताबमा नाम दर्ता भएका छन्। गुठीको नाममा रहेको जग्गा र लालपूर्जा नभएकाका लागि मुआब्जाको व्यवस्था गर्न मन्त्रिपरिषद्बाट स्वीकृति लिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा फाइल पठाइएको छ। धादिङतर्फको मुआब्जा विवाद हल गर्न सोमबार छलफल राखिएको प्रमुख खरेलले बताए। मुआब्जा निर्धारण समितिमा धुनिबेसीका मेयर, मालपोत कार्यालयका प्रमुख र आयोजना प्रमुख श्यामप्रसाद खरेल रहनेछन्। सुरुङमार्ग निर्माणको जिम्मा पाउने कम्पनीले ठेक्का सम्झौता भएको ४२ महिनाभित्र बनाइसक्नुपर्ने हुन्छ। आयोजनाले तोकेको शर्तअनुसार यो सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेतछापसम्म २.३० किमी र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट ५ सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ।
    २०७६ श्रावण २१ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २१, २०७६ मंगलवार - १५:१९:१६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology