आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नुवाकोट घर भएका पत्रकार शालिकराम पुडासैनी चितवनमा झुन्डिरहेको अवस्थामा फेला

नुवाकोट घर भएका पत्रकार शालिकराम पुडासैनी चितवनमा झुन्डिरहेको अवस्थामा फेला

  • 4.5K
    SHARES
  • काठमाडौँ । नेपाली टेलिभिजनको चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग’का रिपोर्टर शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका छन् । चितवन पुगेका पुडासैनीले सोमबार राति पोखरा बसपार्कस्थित होटल कंगारुमा मृत भेटिएका हुन् । प्रहरीले झुन्डिएको अवस्थामा रहेको शवसँगै कोठाको खाटमा पर्स फेला पारेको थियो । पर्समा रहेको परिचय पत्र र होटलमा लेखाएको नामको आधारमा पत्रकार पुडासैनीको नुवाकोट स्थित घर९परिवारलाई जानकारी गराएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको परिवार घटना स्थल नआउन्जेलसम्म उनको शव झुन्डिएकै अवस्थामा रहने र यो समाचार तयार पार्दासम्म प्रहरीले घटनास्थल कुरेर बसिरहेको छ । प्रहरीले परिवारका सदस्य आएपछि मात्र उनको शवलाई झुन्डिएको अवस्थाबाट निकाल्ने बताएको छ । होटलले प्रहरीलाई दिएको जानकारी अनुसार आज दिउसो करिव ३ बजे काठमाडौँबाट आएका उनले होटल बुकीङ गरेर केही समय होटलको कोठामा बसी केही समयपछि होटलबाट बाहिर गएका थिए, त्यसपछि होटलमा आएका उनले आफूले साधा खाना खाने बताउदै खाना खान आफै तल झर्ने जानकारी दिएर कोठामा गएका थिए । होटलले प्रहरीलाई बताए अनुसार जब सोमबार बेलुका ८ बजेसम्म पनि उनि खान खान तल झरेनन्, तब होटलले उनि बसेको कोठामा पुगी उनको ढोका ढकढकाएको थियो । ढोका नखुलेपछि होटलले प्रहरीलाई खबर गर्यो । लगत्तै पुगेको प्रहरीले ढोका तोडेर हेर्दा एक युवा झुन्डिएको अवस्थामा फेला पारेको थियो । घटना स्थलमै रहेका प्रहरीको जानकारी अनुसार कोठाको पंखामा नाइलनको डोरी प्रयोग गरि पासो लगाएको अवस्थामा उनलाई प्झुरहरीले फेला पारेको थियो । अहिले घटना स्थल प्रहरीको नियन्त्रणमा रहेको र उनको परिवार आएपछि पासो काटेर थप अनुसन्धानको काम अगाडी बढाउने चितवन प्रहरीले जानकारी दिएको छ ।
    २०७६ श्रावण २१ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २१, २०७६ मंगलवार - १६:०७:४५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology