आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

डियरवाल्क द्धारा पाठ्यक्रममा आधारित भिडियो सामाग्री सार्वजनिक, निशुल्क प्रयोग गर्न पाईने

डियरवाल्क द्धारा पाठ्यक्रममा आधारित भिडियो सामाग्री सार्वजनिक, निशुल्क प्रयोग गर्न पाईने

  • 7.2K
    SHARES
  • काठमाण्डौँ । डियरवाल्क लर्निङ सेन्टरले उत्पादन गर्दै आईरहेको शैक्षिक भिडियो सामाग्रीहरु औपचारिक रुपमा सार्वजनिक गरेको छ । भिडियो सामाग्रीलाई ईन्टरनेट, मोबाईल एप्स र अनलाईनका विभिन्न माध्यमहरुबाट प्रयोग गर्न मिल्ने गरि सार्वजनिक गरिएको हो । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी अन्तरगत डियरवाक लर्निङ सेन्टर (डिएलसी) एक अनलाइन शैक्षिक साम्रगी विकासका लागि समर्पित एक मिडिया प्रयोगशाला पनि हो । स्थापना कालदेखि नै यो संस्थाले शैक्षिक भिडियो ट्युटोरियल उत्पादनमा विभिन्न खालका खोज अनुसन्धान र उत्पादन पनि गर्दै आएको सँस्थाले जनाएको छ । जुन देशभरिका विद्यार्थीहरूका लागि निकै नै उपयुक्त रहेको पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । भिडियो सामाग्री मार्फत पावर पोइन्ट वा शिक्षक निर्मित सादा रेकर्डिङ्गको प्रयोग हटाई शिक्षण सिकाइको निरसता हटाइएको र रङ्गीन उदाहरणहरूले भरिएका हस्तलिखित सिकाइ सामग्रीहरू प्रयोग गरी कक्षाहरूलाई जीवन्त बनाएर विद्यार्थीहरूलाई कक्षाकोठामै बसेर सिके जस्तो अनुभूति गराइएको पनि बताईएको छ । नेपाल सरकारद्वारा निर्मित पाठ्यक्रममा आधारित भएर पाठ्य सामग्री निर्माण गरिएको शैक्षिक भिडियो सामाग्रीहरु विद्यार्थीहरूले पढाइमा ध्यान केन्द्रित गर्न सक्ने जनाईएको छ । पत्रकार सम्मेलन मार्फत औसत समयावधिलाई ध्यानमा राख्दै श्रव्यदृश्य कक्षाहरूको लम्बाइलाई १४ देखि २० मिनेटसम्ममा सीमित गरिएको पनि बताईएको छ । सबै भिडियो लेक्चर्सहरूका कक्षाहरू पूर्णत निशुल्क छन् र यिनको उपयोग हाम्रो शिक्षा पोर्टल http://dlc=dwit=edu=np का साथै गुगल प्लेस्टोरबाट डिएलसी मोबाइल एप डाउनलोड गरेर पनि उपयोग गन पनि सकिने जनाईएको छ । कक्षा ४ देखि १० सम्मका अनिवार्य विषयहरूलाई समेट्दै १७०० भन्दा बढी भिडियो लेक्चर्सहरू उत्पादन गरिएको आगामी वर्ष २०७७ सालको अन्त्यमा कक्षा १ देखी ३ र कक्षा ११ र १२ मा अध्ययन गरिने विषयहरूका भिडियो लेक्चर्सहरू उत्पादन गर्ने योजना रहेको डियरवाल्क लर्निङ सेन्टरले जनाएको छ ।
    २०७६ साउन २३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २३, २०७६ बिहिवार - १९:१७:४४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology