आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मर्हजन भईन् मिस टिन प्लस टु २०१९ को बिजेता

मर्हजन भईन् मिस टिन प्लस टु २०१९ को बिजेता

  • 5.5K
    SHARES
  • काठमाडौं ।  स्टार वन इन्टरटेन्मेन्ट प्रा.लीको आयोजनामा सम्पन्न भएको "मिस टिन प्लस टु २०१९ सिजन ५"  को उपाधि फ्ल्याभिया मर्हजनले जित्न सफल भएकी छिन । काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न फाईनल प्रतियोगितामा फ्ल्याभिया मर्हजनले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि सहित विभिन्न उपहार जित्न सफल भएकी थिइन् । उनले बेस्ट डान्सको उपाधि समेत जित्न सफल भएकी थिइन् । उक्त प्रतियोगितामा  फस्ट रनर्स अप तथा मस्ट फिटनेस सुजियाना देसार, सेकेन्ड रनर्स अप तथा फेसबुक च्वाईस तेन्जिङ डोल्मा शेर्पा, थर्ड रनर्स अप, मिस ट्यालेन्ट, मस्ट फोटोजेनिक तथा युट्युव मस्ट भ्युज श्रेया भट्ट र पब्लिक च्वाइस विजेता , बेस्ट र्याम्प वाक तथा भ्युवर्स च्वाईस सिला बस्नेतले जितेका थिए  । "मिस टिन प्लस टु २०१९ सिजन ५" प्रतियोगितामा मस्ट पपुलर बिन्दा विक, बेस्ट स्माईल प्रिया रानामगर,बेस्ट हेयर समिक्षा वस्नेत, बेस्ट स्किन सजना त्वयनाबेस्ट पर्सनालिटी एलिना बजगाँई, मस्ट फ्रेन्डली सिवानी वस्नेतले प्राप्त गरे । स्टार वन इन्टरटेन्मेन्ट प्रा.ली द्धारा आयोजित यो प्रतियोगिताको निर्णायकमा अभिनेत्री सञ्चिता लुईटेल, सञ्चारकर्मी सूर्य चन्द, प्राचार्य पूर्ण लामा, संगीतकार सरोज प्याकुरेल सहित एलिजा महर्जन, चन्दा थापा गिरी थिए । टिनएजर्स युवतीहरुको व्यक्तित्व विकाशको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाको डाईरेक्टर बालकृष्ण पोखरेल बताए । सो प्रतियोगिताको आयोजकमा पुजा निरौला रहेकी थिइन्  भने उक्त प्रतियोगितालाइ कोरियोग्राफी तथा कार्यक्रम संचालन अश्विनी झाले गरेका थिए ।
    २०७६ साउन २३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २३, २०७६ बिहिवार - २२:४५:३५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology