आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थाक्रे गाउँपालिकाद्वारा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

थाक्रे गाउँपालिकाद्वारा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

  • 6.9K
    SHARES
  • शिवराज आचार्य महादेबेशी । धादिङको थाक्रे गाउँपालिकाले वाषिर्क समीक्षा कार्यक्रम गरेको छ । आ व २०७५र०७६ मा गाउँ पालिकाले गरेको एक वर्ष भरिएको बजेको बाट सम्पन्न गरेका योजना र कामको बारेमा विषय गत शाखाका प्रमुखहरूले कार्यक्रममा प्रस्तुत गरेका थिए । थाक्रे गाउँपालिकाले विभिन्न वडा बाट योजना छनोट गरि आएका योजनाहरू लाई सम्पन्न गरेको छ । गाउँ पालिकाले जिल्ला कै नमुना काम को पनि सुरूवा गरेको अध्यक्ष राम कुमार आचार्यले बताउनु भएको छ । महिला शसक्तिकरण तथा संस्थागत परियोजना सञ्चालन गरेको छ । गाउँ पालिकाको ११ वडा वडामा एक घर एक सदस्य समूह गठन कार्यक्रम गरि गाउँ पालिका भरि १७६ ओटा समूह गठन गरिएको अध्यक्ष आचार्यले बताए । यश समुहमा आबध भएका हरू लाई गाउँ पालिकाले प्रोत्साहन स्वरूप २० प्रतिशत रकम विकास योजनामा उपलब्ध गराउने उपाध्यक्ष अम्बिका रूपाखेती ले बताउनु भयो ।समुहमा छरिएर रहेका पूजी हरूको एकत्रित भई सामाजिक तथा आर्थिक विकास मा थप टेवा पुग्ने उपाध्यक्ष रूपाखेतीले बताउनु भयो । गाउँ पालिकाले नेपाल मै पहिलो सेभ हाउस सञ्चालन गर्दै आएका छ । गाउँ पालिकाले सेभ हाउसमा दुई जना कार्मचारीलाई तलब र यहाँ समस्या भएर आउने नागरिकहरू लाई खान बस्नको व्यवस्था गाउँ पालिकाले गर्दै आएको छ । थाक्रे गाउँपालिका गय आर्थिक वर्षमा पुजी गत तर्फ २० करोड रकम खर्च गरेको छ । त्यस्तै चालू तर्फ २५ करोड रकम खर्च गरेको छ । गाउँपालिकाले ससर्त तर्फ शिक्षामा १ करोड ८५ लाख ९ सय २१रूपैयाँ ,स्वास्थ्यमा १ करोड ८३ लाख २६ हजार २१रूपैयाँ ,पशु कृषिमा २१ लाख ७७ हजार ७ सय ७७ रूपैयाँ ,महिला तथा बालबालिका तर्फ ५ लाख ७ हजार ८ सय ९२ रूपैयाँ खर्च भएको आर्थपक प्रशासन फाँटका नवीन धितालले बताउनु भयो। त्यसै गरि प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ कुल २० लाख बजेटमा १५ लाख भन्दा बढी खर्च भएको बताउनु भयो । गाउँ पालिकाले यो वर्ष ५२ किलो मिटर सडक ग्राभेल ,केवलपुरमा डिपबोरिङ , राजमार्ग सौर्य सोलार बति ,रानी झरना स्थालमा सिढी निर्माण तथा मूति स्थापना लगायत का योजना पूरा भएको छ । थाक्रेले गय आर्थिक वर्षमा आन्तरीक तर्फ १७ करोड राजस्व आम्दानि गरेको छ । यो वर्षमा गाउँ पालिकालको भवन निर्माण ,वडा भवन निर्माण लगायतका कार्यहरू पूरा गर्ने अध्यक्ष राम कुमार आचार्यले बताउनु भयो ।
    २०७६ श्रावण २३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २४, २०७६ शुक्रवार - ०३:०७:०९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology