आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

त्रिशूली नदीमा बस खस्दा ३ जनाको मृत्यु, केहिको उद्धार, बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान

त्रिशूली नदीमा बस खस्दा ३ जनाको मृत्यु, केहिको उद्धार, बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान

  • 4.3K
    SHARES
  • सलाङघाट । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ३ जनाको मृत्यु भएको छ । ११ जनाको उद्धार गरिएको छ । सिरहाको मलंगवाबाट काठमाण्डौंको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ । अहिले सेना, नेपाल प्रहरी र प्रहरीले उद्धारको काम गरिरहेका छन् । त्रिशूलीमा खसेको बसको आधा भाग मात्रै देखिएको छ। घाइतेलाई मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ । २०७६ साउन २४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २४, २०७६ शुक्रवार - १४:१०:३९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology