आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भोजपुरमा बस दुर्घटना २ गम्भिर घाईते

भोजपुरमा बस दुर्घटना २ गम्भिर घाईते

  • 5.2K
    SHARES
  • भोजपुर । भोजपुरको अन्नपूर्णबाट विराटनगरको लागि छुटेको यात्रुवाहक बस, मे १ ख ३१६४ नम्बरको गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत गुप्तेश्वर र सिद्धेश्वर सिमाना चप्पिरे खोलानजिकै पल्टेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताउनुभयो । घुम्ती काट्ने क्रममा बस भित्तामा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएका ७ जनालाई जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा झापा हल्दिवारी ५का वर्ष ३० का सहचालक अर्जुन लिम्बू र भोजपुर नगरपालिका –३ की २२ वर्षीय संगिता प्रधान रहेकी छिन् । उनीहरुको टाउकोलगायत विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरुमा भोजपुर नगरपालिका–३, का २४ वर्षीया मनीषा श्रेष्ठ, १७ वर्षीया अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र ११ वर्षीय विवेक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । त्यस्तै इलाम घर भएका बस धनी ३५ वर्षीय अर्जुन लिम्बू, टेम्केमैयुङ गाउँपालिका ३ की ५५ वर्षीय गंगादेवी राई मोरङ घर भएकी २१ वर्षीया सविना गौतम भट्टराई र इलाम घर भएका चालक सन्तकुमार फागो सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बसमा १२ जना यात्रु रहेको प्रहरीले जनाएको छ । २०७६ साउन २६ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - १७:२९:५५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology