शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कान्तिपुर फिल्म एकेडेमीले ‘म’ फिल्म निर्माण गर्दै

कान्तिपुर फिल्म एकेडेमीले ‘म’ फिल्म निर्माण गर्दै

  • 7.4K
    SHARES
  • काठमाण्डौँ । कान्तिपुर फिल्म एकेडेमीले फिल्म निर्माण गर्ने भएको छ । केहि दिन अघि राजधानीमा एक कार्यक्रमका बीच एकेमेडीको निर्माण रहने फिल्म ‘म’ को औपचारिक निर्माण घोषणा गरिएको छ । फिल्मलाई परिक्षेद सेनले निर्देशन गर्नेछन् । उनले पहिलो पटक फिचर फिल्म निर्देशनमा हात हाल्न लागेका हुन् । कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका कथामा आधारित भएर बन्ने फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुने बताइएको छ । उनभ श्रेष्ठ र सम्पन्न ढकाल बाल कलाकार रहने फिल्ममा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुशुम गुरुङ, रेविका गरुङ, अनिल कँडेल, संजोग रसाइलीलगायतका कलाकारहरुको अभिनय रहनेछ । सहायक भूमिकामा पवन भट्टराई, श्याम सुन्दर घिताल, उत्तम राई, गौरव मल्लको अभिनय रहने कार्यक्रममा जानकारी गराइयो । यो फिल्ममा अभिनय गर्ने प्रायः कलाकारहरु कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गरेका विद्यार्थीहरु हुन् । तेन्जिन पाल्देनले फिल्म खिच्ने जिम्मेवारी पाएका छन् । उनी पनि उक्त एकेडेमीका पूर्व विद्यार्थी हुन् । ‘म’ मा जितेन लेप्चाको गीत रचना रहनेछ । फिल्मको मुख्य सहायक निर्देशकमा आकाश उखेडा रहेका छन् । फिल्मका लेखक समेत रहेका प्रकाश पुरीले विद्यार्थीलाई हौसला प्रदान गर्न पनि एकेडेमीले फिल्म निर्माण गर्न लागेको बताए ।
    २०७६ साउन २७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०७६ सोमवार - १८:१२:३१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology