आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सीके राउतलाई संसद्मा ल्याउन डा. यादवको राजीनामा ?

सीके राउतलाई संसद्मा ल्याउन डा. यादवको राजीनामा ?

  • 4.5K
    SHARES
  • काठमाडौं । विखण्डनवादी राजनीति छाडेर मूलधारमा आएका जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त ९सीके० राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको छ । सप्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित समाजवादी पार्टीका सांसद डा। सूर्यनारायण यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको हो । स्रोतका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पहलमा सांसद डा। यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संसद्मा ल्याउन पहल सुरु भएको हो । सांसद डा। यादवले सोमबार नै सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाइसकेका छन् । यद्यपि, राजीनामा स्वीकृत हुन बाँकी छ । आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको सांसद डा। यादवले बताए पनि भित्री योजना सीके राउतलाई सांसद बनाउने योजना रहेको स्रोतको दाबी छ । उनले आफूलाई डाइबिटिज बढेको र पछिल्लो समय स्ट्रेस पनि बढेकाले राजीनामा दिएको बताएका छन् । डा। यादव समाजवादी पार्टी सप्तरी क्षेत्र नम्बर–१ बाट २१ हजार ७१२ मतका साथ विजयी भएका थिए । उनी सप्तरीका चर्चित डाक्टरसमेत हुन् । पछिल्लो समयमा यो क्षेत्रमा डा। राउतको बलियो पकड रहेको स्रोतको दाबी छ । निर्वाचन आयोगले १४ मंसिरमा उपनिर्वाचनको घोषणा गरिसकेको छ । राजधानी दैनिकमा खबर छ । २०७६ साउन २९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २९, २०७६ बुधवार - १६:५७:०३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology