शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दैलेखमा जिप दुर्घटना सात घाइते

दैलेखमा जिप दुर्घटना सात घाइते

  • 3.6K
    SHARES
  • दैलेख । खरिगैराबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको बा १६ च ४३६६ नम्बरको जिप शुक्रबार बिहान, दैलेखको महाबु गाउँपालिका–२ मान्मामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। दुर्घटनामा चालक रमेश केसीसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। जिप सडकमा चिप्लिएर करिब १०० मिटर तल खसेको स्थानीयले बताए। गम्भीर घाइते चालक केसीसहित अन्य सबै घाइतेको दैलेख जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए। घाइत हुनेमा तीन जना बालबालिका छन्। २०७६ साउन ३१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७६ शुक्रवार - १९:५८:२९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology