आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नागढुंगा-त्रिपुरेश्वर सडक : चेकपोस्ट खण्डमा धुलो र खाल्डाले सास्ती

नागढुंगा-त्रिपुरेश्वर सडक : चेकपोस्ट खण्डमा धुलो र खाल्डाले सास्ती

  • 7.8K
    SHARES
  • काठमाडौं । त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत थानकोटस्थित चेकपोस्ट चोकमा सडक निर्माणकोे काम अलपत्र छाडिएपछि स्थानीय धुलोबाट आक्रान्त बनेका छन्। समयमा सडक पिच हुन नसक्दा स्थानीयसँगै यात्रु धुलोको मारमा परेका हुन्। ठेकेदार र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्तीका कारण काम अलपत्र परेको हो। चेकपोस्ट चोकमा फुटपाथको काम नसक्दा सर्वसाधारण खाल्डोमा पर्ने उच्च जोखिम छ। ढलको राम्रो व्यवस्थापनसमेत हुन सकेको छैन। केही स्थानीयले घर नभत्काउँदा काम अघि बढ्न सकेको छैन। समयमा ठेकेदारले काम नगर्दा धुलोबाट सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ। सतुंगलमा पनि सडकको पिच उप्केको छ। त्यहाँ उड्ने धुलोले पनि यात्रु र स्थानीय आक्रान्त छन्। चेकपोस्टका गोपाल त्रिपाठीले ठेकेदार र उपत्यका सडक विस्तार आयोजनाले सडक निर्माणमा बेवास्ता गर्दा समस्या भएको बताए। ‘ठेकेदार र आयोजनाले काम अलपत्र छोड्दा धुलो खाएर बस्नुपरेको छ,’ उनले भने, ‘धुलोले स्वास्थ्यमा गम्भीर असर गरेको छ। घाम लागेका बेला उड्ने धुलोले दिउँसै अन्धकार देखिन्छ। पानी पर्दा सडक हिलाम्ये हुन्छ। सडक पेटीको काम नहुँदा खाल्डा परेका छन्। बालबालिका त्यहीं लड्छन्। धुलोबाट बच्न माक्स लगाएर हिँड्नुपर्ने बाध्यता छ।’ नागरिक दैनिकमा खबर छ । २०७६ साउन ३२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार - १५:३९:४८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology