आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सिगात्से–केरुङ रेलमार्ग निर्माण सुरु, केरुङमा रेल आएपछि काठमाडौं ल्याउन सहज हुने

सिगात्से–केरुङ रेलमार्ग निर्माण सुरु, केरुङमा रेल आएपछि काठमाडौं ल्याउन सहज हुने

  • 5.1K
    SHARES
  • काठमाडौं । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ। रेलमार्गको दुरी ५४० किलोमिटर छ। जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग निर्माण कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ। ‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘केरुङ रेलमार्ग तिब्बत सरकारको प्राथमिकता हो। तर भौगोलिक जटिलताका कारण ढिलाइ भएको थियो। अब काम अघि बढेको छ।’ नेपालमा निकै समयदेखि केरुङमा रेल आउने विषयमा चर्चा हुँदै आएको छ। केरुङमा रेल आएपछि काठमाडौं ल्याउन सहज हुने विश्वास छ। काठमाडौं–रसुवागढी (केरुङ सीमा) रेलमार्ग ७२ किलोमिटर हुने प्रारम्भिक अध्ययनले देखाएको छ। रसुवागढीदेखि केरुङसम्मको दुरी २५ किलोमिटर छ। नेपालमा चिनियाँ उच्च नेतृत्वको भ्रमण हुने तयारी छ। नेपालले चिनियाँ उच्च नेतृत्वसँग काठमाडौं जोड्ने रेलमार्गका लागि अनुदान दिन माग गर्नुपर्ने विज्ञहरूको सुझाव छ। तर भारतीय बजार सुनिश्चित हुँदामात्र चीनले नेपालतर्फ रेल ल्याउने चर्चा छ। त्यस कारण तत्काल उच्चस्तरको भ्रमण हुनुपर्ने अधिकारीहरू बताउँछन्। ‘केरुङ आइपुग्ने रेलमार्ग मानसरोवरतर्फ पनि जाने भनिएको छ। तर, अहिले सिगात्सेबाट करिब २ सय किलोमिटर अघि बढाएर आलीतर्फ लैजाने तयारी पनि रहेकाले यो मार्ग सीधै केरुङ आउने वा मआली ९मानसरोबरको फेदी० पुग्ने हो निश्चित छैन’, ल्हासाबाट एक अधिकारीले भने, ‘जे होस् सिगात्सेबाट केरुङतर्फ रेलमार्ग सोझिएको छ।’ अन्नपुर्ण पोष्टमा खबर छ । २०७६ भदौ १ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १, २०७६ आइतवार - १५:१८:११ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology