आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा गुन्द्रुकदेखि खुर्सानीसम्म विदेशबाट आयात

नेपालमा गुन्द्रुकदेखि खुर्सानीसम्म विदेशबाट आयात

  • 7.2K
    SHARES
  • काठमाडौं । नेपालमा गुन्द्रुकदेखि खुर्सानीसम्म विदेशबाट आयात हुने गर्छ भन्दा पत्याउन असहज होला । तर, यो यथार्थ हो । भारत, चीनलगायतका देशबाट अहिले वार्षिक अर्बौं रुपैयाँको खाद्यान्न नेपाल भित्रिने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब २१ करोड ९२ लाख ७० हजार रुपैयाँबराबरको सुकेको गुन्द्रुक आयात भएको छ । सुकेको खुर्सानी ९० प्रतिशत भारतलगायतका देशबाट आयात गरिन्छ । बजारको मागअनुसार कृषिजन्य वस्तु उत्पादन गर्न नसक्दा यो स्थिति आएको हो । कृषि पेसालाई सम्मानजनक रूपमा नलिइँदा धेरै युवा रोजगारीका लागि बिदेसिन थालेपछि भूमि बाँझो हुने र उत्पादनमा कमी आएकाले आयात गर्नुपर्ने स्थिति आएको हो । हालसम्म तीव वटा वस्तुमा मात्र मुलुक आत्मनिर्भर छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार अन्डा, कुखुराको मासु र बंगुरको मासुमा नेपाल आत्मनिर्भर बनेको हो । सरकारी तथ्यांकअनुसार नेपालमा उत्पादन हुने कागतीको हिस्सा पाँच प्रतिशत मात्रै छ । ९५ प्रतिशत विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । यसैगरी, प्याजको आन्तरिक उत्पादन ५ प्रतिशत मात्र छ । ९५ प्रतिशत विदेशबाट आयात नगरी सुखै छैन । यसैगरी, फलफूल आयात ७० प्रतिशत र आन्तरिक उत्पादन ३० प्रतिशत छ । प्रमुख तरकारी तथा फलफूलको आन्तरिक उत्पादन ६० प्रतिशत छ भने विदेशबाट ४० प्रतिशत आयात गर्नुपर्ने बाध्यता छ । अन्य फलफूल ३० प्रतिशत आन्तरिक उत्पादन छ भने ७० प्रतिशत विभिन्न देशबाट आयात हुने गरेको छ । २०७६ भदौ १ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १, २०७६ आइतवार - १५:२१:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology