शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

यसकारण घट्यो नेपाल टेलिकमको नाफा

यसकारण घट्यो नेपाल टेलिकमको नाफा

  • 4.0K
    SHARES
  • काठमाडौं । नेपाल टेलिकमको नाफा गतवर्ष ४२ प्रतिशतभन्दा कम भएको छ । आर्थिक वर्ष २०७४–७५ मा १७ अर्ब ४९ करोड नाफा कमाएको सरकारी स्वामित्वको कम्पनीले गतवर्ष भने १० अर्ब २० करोड मात्रै खुद नाफा कमाएको थियो । टेलिकमको प्रवन्ध निर्देशक डिल्ली अधिकारी टेलिकमको खुद नाफा अघिल्लो वर्ष घट्नुमा दुई कारण जिम्मेवार भएको बताउँछन् । ‘गतवर्ष हामीले ४ अर्ब नवीकरण शुल्कबापत सरकारलाई बुझायौं’, उनले भने, ‘ठूलो रकम नवीकरण शीर्षकमा तिरेपछि नाफा कम भएको हो ।’ उनका अनुसार गतवर्षको बजेटमार्फत सरकारले कर्पोरेट कर ५ प्रतिशतले वृद्धि गरेपछि नाफामा पनि असर परेको हो । यस्तै अन्तर्राष्ट्रिय कलको दर घट्नु पनि अर्को कारण भएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । २०७६ भदौ १ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १, २०७६ आइतवार - १५:४६:१३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology