आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेकपाका यूवा पर्यटन व्यवसायीहरु मिलेर जानुपर्ने आवश्यकता छ : पर्यटन व्यवसायी

नेकपाका यूवा पर्यटन व्यवसायीहरु मिलेर जानुपर्ने आवश्यकता छ : पर्यटन व्यवसायी

  • 5.9K
    SHARES
  • काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट यूवा पर्यटन व्यवसायीहरु एक ढिक्का भएका छन् । पर्यटन व्यवसायी कमल सापकोटाको संयोजनमा शनिबार सम्पन्न एक विशेष भेलाबाट पर्यटन क्षेत्रको हरेक समस्या समाधानका लागि यूवाहरु एक ढिक्का भएर जाने निष्कर्ष निकालेका हुन् । आगामी ६ सेप्टेम्बरमा हुन लागेको ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को निर्वाचनलगायतका विषयमा गम्भीर छलफल भएको थियो । भेलामा पर्यटन व्यवसायी कमल सापकोटा, पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटा, ठमेल पर्यटन बिकास परिषदका महासचिब ध्रुब अधिकारी, टानका उपाध्यक्ष जीवन थापा मगर, कोषाध्यक्ष रामकृष्ण तिमल्सिना, एनएमएका वर्तमान कोषाध्यक्ष सुदर्शन न्यौपाने, पर्यटन व्यवसायी अन्जन (कुमार) थापा, मुक्ति पाण्डे, तेजबहादुर गुरुङ लगायतले व्यक्तिगत इगोले सिंगो संगठन बन्धक बनाउन नहुने र मिलेर जानुको विकल्प नरहेको धारणा राखेका छन् । संगठनलाई एक ढिक्का बनाउँदै टानको आसन्न निर्वाचन तथा समग्र पर्यटन क्षेत्रमा देखिएका हरेक समस्याहरुको समाधानका लागि यूवाहरुले नेतृत्वलाई दबाब दिने र निर्णायक पहल लिनुपर्नेमा उनीहरुको जोड रहेको थियो । उक्त भेलामा पूर्व एमाले र पूर्व माओवादी निकट ५० भन्दाबढी यूवा पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो । २०७६ भदौ १ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १, २०७६ आइतवार - १६:२८:११ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology