आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रदेश ३ मा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम , खुल्यो १०१ नर्सको विज्ञापन धादिङमा ११ जनाको कोटा

प्रदेश ३ मा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम , खुल्यो १०१ नर्सको विज्ञापन धादिङमा ११ जनाको कोटा

  • 6.5K
    SHARES
  • काठमाडौं । प्रदेश तीन सरकारले माध्यमिक तहको पढाइहुने प्रत्येक विद्यालयमा ‘एक विद्यालय एक नर्स’लागि यस बर्षबाट प्रदेश नं ३ अन्तर्गतका प्रत्येक स्थानिय तहमा एक जना नर्स करारमा लिने विज्ञापन गरेको छ । सामाजिक विकास मन्त्रालयले आज विज्ञापन प्रकाशित गरी १३ जिल्लाको प्रत्येक स्थानीय तहमा एक जना पुराउनका लागि एक सय एक जना नर्स करार सेवामा राख्नेगरी विज्ञापन खोलेको हो । जस अनुसार सिन्धुली–८, रामेछाप–७, दोलखा ८, सिन्धुपाल्चोक–१०, काभ्रेपलाञ्चोक १२, ललितपुर–५, भक्तपुर–३, काठमाडौं–९, नुवाकोट–१०, रसुवा –४, धादिङ–११, मकवानपुर–८ र चितवनमा ६ जना माग गरिएको हो । यस कार्यक्रममा सहभागि हुन इच्छुक उम्मेदवारले २१ दिन भित्र आवेदन दिनुपर्ने छ। यस सम्बन्धी विस्तृत सुचना सामाजिक विकास मन्त्रालय को वेवसाइट mosd.p3.gov.np मा हेर्न सकिनेछ। २०७६ भदौ ३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०७६ मंगलवार - २०:१४:१८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology