शिवराज आचार्य
तसर्पू ,भाद्र ३ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ तसर्पूमा रहेको प्रेम सागर फाउन्डेशन द्धारा सञ्चालीत जनभोजन कार्यक्रम लाई जनता बैंकले नगद २ लाखको चेक हस्तान्तरण गरेको छ ।
जनभोज कार्यक्रमको कार्यालय तसर्पू दामेचौरमा आज एक कार्यक्रमको विच जनता बैंकका संस्थागत प्रमुख छविलाल हुमागाई र ब्राण्डीङ प्रमुख शैलेन्द्र नाथ शाहले वडा अध्यक्ष भूमि लाल तामाङ र पे्रम सागर फाउन्डेशनका उपाध्यक्ष डा.प्रेम राज ढुङगेल लाई हस्तान्तरण गरिएको हो ।

प्रेम सागर फाउन्डेशन द्धारा सञ्चालित जनभोजन कार्यक्रमले दैनिक ५ सय बालबालीका र १ सय जना बृद्ध आमा बुबाहरुलाई बिहानको खाना खुवाउँदै आएको छ । यस्तै धादिङ र मकवानपुरका केहि विद्यालयमा दिवा खाजाका कार्यक्रम सञ्चालन गदै आएको व्यवस्थापक भोला राउतले बताए ।
संसार कै नमुना जनभोजन कार्यक्रम रहेको प्रेम सागर फाउन्डेशनका उपाध्यक्ष डा.प्रेम राज ढुङगेलले बताए । जनभोजनमा खाना खाएर विद्यालय शिक्षा लिएर उच्च शिक्षा हाँसिल गरेर आफूले अध्ययन गरेको विद्यालयमा शिक्षक समेत भएका छन ।
काठमाडौ बाट नजिक भए पनि विपन्न पछाडी परेको समुदायमा जनभोजन कार्यक्रमले नागरिकमा परिवर्तत आउनुका साथै बालबालीकाले पोषण युक्त खाना खान पाएकोमा आफुहरु खुशि भएको जनता बैकं संस्थागत प्रमुख छविलाल हुमागाईले बताउनु भयो । बैंकले सामाजिक उतर दायित्वको तर्फबाट बैंकले नगद रकम हस्तान्तरण गरिएको बताउनु भयो । अन्य बेलामा पनि सहयोग गने बताएका छन ।
कार्यक्रममा प्रेम सागर फाउन्डेशनका उपाध्यक्ष डा.प्रेम राज ढुङगेल ,जनता बैंकका संस्थागत प्रमुख छविलाल हुमागाई,ब्राण्डीङ प्रमुख शैलेन्द्र नाथ शाह वडा अध्यक्ष भूमि लाल तामाङ ,कार्यापालिका सदस्य रजनि लामा जनभोजनका व्यवस्थापक भोला राउत शिक्षक स्थानिय नागरिकहरुको सहभागिता रहेको थियो ।
२०७६ भाद्र ०३ गते प्रकाशित