आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पर्यटन प्रबर्द्धनमा सामाजिक सञ्जालको उपयोग गर्ने निर्णय

पर्यटन प्रबर्द्धनमा सामाजिक सञ्जालको उपयोग गर्ने निर्णय

  • 4.0K
    SHARES
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा बसेको बैठकले पर्यटकीय सम्पदा तथा गतिविधिको प्रवर्द्धनमा सामाजिक संजालको अधिक उपयोग गर्ने भएको छ । सोमबार मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत सूचना अधिकारी, प्रवक्ता तथा सामाजिक संजाल हेर्ने अधिकृतसँग मन्त्री भट्टराईले छलफल गरेका थिए । छलफलमा भएको निर्णयअनुसार अब पर्यटन मन्त्रालय र यस मातहतका निकायले दिनभर भएका महत्वपूर्ण जानकारी तथा विषयलाई सामाजिक संजालबाट सबैले हेर्न सक्ने गरी सार्वजनिक गर्ने छ । दिनभर कार्यसम्पादन भएका विषय कार्यालय सकिनासाथ सार्वजनिक गर्ने निर्णय मन्त्रालयको छ । सूचना आदानप्रदानका लागि सामाजिक संजालमा ग्रुपहरु बनाउने निर्णयसमेत भएको छ । साथै, सबै निकायले यूट्यूव अकाउण्ट खोलेर भिडियोमार्फत आफ्नो गतिविधि सार्वजनिक गर्ने भनिएको छ । सो वैठकमा पर्यटनसम्बन्धी विभिन्न निकायका नाममा सामाजिक संजालमा खोलिएका ‘फेक अकाउण्ट’ बारे पनि छलफल भएको थियो । ती अकाउन्टहरु तत्काल बन्द गराउने प्रक्रिया अघि बढाउने मन्त्री भट्टराईले निर्देशन दिएका छन् । मन्त्रालय र मातहतका निकायका सामाजिक संजालको अकाउन्ट भेरिफाइ गराएर फेक अकाउन्ट छुट्याउन मन्त्रालयले पहल गर्ने छ । मन्त्रालयका निकायमा प्रवक्ता तथा सूचना अधिकारी नतोकिएको भए तुरुन्त तोक्नसमेत मन्त्री भट्टराईले निर्देशन दिएका छन् । मन्त्रालय तथा मातहतका निकायका वेवसाईट, सामाजिक संजालमा नेपाल भ्रमण वर्षलाई मूख्य रुपमा प्रचार प्रसार गर्ने निर्णयसमेत मन्त्रालयले गरेको छ । २०७६ भदौ ३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - ०१:३२:११ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology