आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लघुवित्त कम्पनीमा पनि ठूला बैंककै हालीमुहाली

लघुवित्त कम्पनीमा पनि ठूला बैंककै हालीमुहाली

  • 7.8K
    SHARES
  • काठमाडौं । दुर्गम क्षेत्रका विपन्न परिवारलाई वित्तीय पहुँच पुर्‍याउन खोलिएका लघुवित्त कम्पनीमा पनि ठूला बैंककै हालीमुहाली देखिएको छ। ठूला बैंकको स्वामित्व भएका यी लघुवित्तबाट राम्रो प्रतिफल प्राप्त गर्ने स्वामित्वकर्ताको चाहना र दबाबले लघुवित्त कर्जाको ब्याजदर अस्वाभाविक रूपमा उच्च छ। आर्थिक रूपले पिछडिएका वर्गलाई कर्जाको पहुँच पुर्‍याएर उद्यमशील बनाउने उद्देश्यले ‘घ’ वर्गका वित्तीय संस्थाको परिकल्पना गरिएको हो। तर, लघुवित्तको चर्को ब्याजका कारण गरिबी निवारणको ठोस उद्देश्य प्राप्तिमा कठिनाइ देखिएको विश्लेषक बताउँछन्। विश्व प्रसिद्ध फोर्ब्स म्यागेजिनले अर्बपतिको पहिचान गरेका व्यावसायिक घराना चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको बहुमत स्वामित्व रहेको नबिल बैंकसँग प्रमुख नौवटा लघुवित्त कम्पनीको स्वामित्व छ। यसले नेपालमा लघुवित्तको आधाआधी बजार हिस्सा ओगट्छ। नबिलको स्वामित्व रहेका छिमेक, निर्धनउत्थान, डिप्रोक्स, सानाकिसान, आरएमडीसी, ग्रामीण विकास, महिला सहयात्रा र नाडेप लघुवित्तले करिब एक खर्ब रुपैयाँ कर्जा प्रवाह गर्छन्। मुलुकभर ९१ लघुवित्त कम्पनीले प्रवाह गर्ने कर्जाको लगभग आधा हिस्सा हो। आजको अन्नपूर्ण पोष्टमा खबर छ । २०७६ भदौ ४ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - १५:३८:२९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology