शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘पासवर्ड’ फिल्म प्रिमियरका लागि सन्नी लियोनी नेपाल आउने

‘पासवर्ड’ फिल्म प्रिमियरका लागि सन्नी लियोनी नेपाल आउने

  • 4.8K
    SHARES
  • काठमाडौं । बलिउडकी अभिनेत्री सन्नी लियोनी जोडिएसँगै चर्चामा रहेको फिल्म ‘पासवर्ड’ यही भदौ २७ गतेदेखि रिलिज हुने तयारीमा रहेको छ । फिल्मको प्रिमियर प्रदर्शन राजधानी काठमाडौ‌ंमा हुँदैछ । यसका लागि अभिनेत्री सन्नी नेपाल आउने पक्का भएको छ । मंगलबार भिडियो सन्देशमार्फत् उनी नेपाल आउने जानकारी दिएकी छन् । नेपाली फिल्म ‘पासवर्ड’को ‘आजको शाम’ बोलमा अभिनय गरेकी सन्नीको गीत करिब ४० लाखले हेरिसकेका छन् । उनले यस गीतका लागि ३ लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । फिल्मको प्रिमियरमा सहभागी हुनु पर्ने सर्तसहित निर्माण टिमले सन्नीलाई गीतमा नाच्न महँगो पारिश्रमिक दिएको थियो । उनी सर्त बमोजिम नेपाल आउने पक्का भएको हो । यस फिल्ममा उनको नृत्यसँगै अभिनयसमेत रहेको छ । २०७६ भदौ ४ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - २०:०२:०४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology