शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

संसदभित्रै न्युजिल्याण्डको सभामुख ट्रिभोरले सांसद टमाटी कोफिको बोके छोरा

संसदभित्रै न्युजिल्याण्डको सभामुख ट्रिभोरले सांसद टमाटी कोफिको बोके छोरा

  • 6.3K
    SHARES
  • एजेन्सी । टापु राष्ट्र न्युजिल्याण्डका सभामुख ट्रिभोर मल्लार्डले संसदभित्र एक सांसदका छोरा बोकेको फोटो भाइरल बनेको छ। संसदमा छलफल जारी रहँदा सभामुख ट्रिभोरले सांसद टमाटी कोफिको एक महिना अगाडि जन्मिएको छोरा बोकिदिएका थिए। उक्त तस्बिर सभामुख ट्रिभोर आफैंले ट्वीटरमा पोस्ट गरेपछि उक्त फोटो भाइरल बनेको हो। मानिसहरुले यतिबेला ट्रिभोरको प्रशंसा गरिरहेका छन्। सांसद कोफि र उनकी श्रीमती टुटनेकाइ स्मिथ कोफीले सरोगेसीमार्फत छोरा पाएका हुन्। पिता बनेपछि टमाटी कोफिले विदा लिएका थिए। उनी आज बुधबार संसदमा आफ्ना छोरासहित पुगेका थिए। त्यस क्रममा संसदमा छलफल हुँदा सभामुखले कोफिका छोराको हेरचाह गरेका हुन्। उक्त फोटोमा प्रतिक्रिया जनाउँदै मानिसहरुले संसदमा यो नौलो दृश्य भनिरहेका छन्। २०७६ भदौ ४ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - ०१:०१:५० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology