शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको एक विद्यालयमै बाख्रा, कुखुरा र बंगुर व्यवसाय, पढाईसँगै पैसा पनि

धादिङको एक विद्यालयमै बाख्रा, कुखुरा र बंगुर व्यवसाय, पढाईसँगै पैसा पनि

  • 5.4K
    SHARES
  • धादिङ । ज्वालामुखी गाउँपालिकास्थित खरीकी संगीता थापा एक हातमा घाँस अर्को हातमा किताब बोकेर बिहानै विद्यालय जान्छिन् । घरदेखि ३० मिनेटको बाटो हिँडेर विद्यालयमा घाँस ल्याउनु उनको दैनिकी जस्तै बनेको छ । हातमा किताब कापीसँगै घाँसको भारी भारी बोकेको देख्दा सुरुसुरुमा त गाउँलेहरु गलल्ल हाँस्थे । आमाबुबा पनि अचम्म मानेर कराउने गर्थे । संगीतालाई निक्कै नरमाइलो लाग्थ्यो । तर उनले हिम्मत हारिनन् । आमाबाबुलाई सम्झाइन् । अहिले उनी सबैको प्रिय बनेकी छन् । गाउँमै पहिलो पटक खोलिएको प्राविधिक विद्यालयमा ४० जना विद्यार्थी छन् । उनीहरुले विद्यालयमै बाख्रा, कुखुरा र बंगुर व्यवसाय गरेका छन् । प्राविधिक विषय अध्ययन गरी गाउँमै व्यवसायी बन्ने संगीताको सपना छ । नागरिक दैनिकमा खबर छ । २०७६ भदौ ५ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - १५:२९:४७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology