आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सिंगापुरको प्रधानमन्त्रीको तलब १८ करोड

सिंगापुरको प्रधानमन्त्रीको तलब १८ करोड

  • 4.6K
    SHARES
  • काठमाण्डौँ । सिंगापुरका प्रधानमन्त्रीले मासिक झन्डै डेढ करोड रुपैयाँ तलब पाउँछन्। अमेरिकाका राष्ट्रपतिले पाउनेभन्दा बढी तलब लिएको भन्दै प्रधानमन्त्री ली ह्सेन लुङको आलोचना भएको छ। केही दिनअघि एक ब्लग साइटमा लीको तलब बारे लेख प्रकाशित भएको थियो। प्रधानमन्त्री र मन्त्रीहरूको तलबबारे चर्चा भएपछि प्रधानमन्त्री पत्नी हो चिङले आफ्ना पतिको तलब ठीकै भएको बताएकी छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै होले वार्षिक रूपमा चोखो १६लाख अमेरिकी डलर ९१८ करोडभन्दा बढी रुपैयाँ० तलब जायज भएको बताएकी हुन्। होले अरू देशका प्रधानमन्त्रीले तलबबाहेक पाउने सुविधा सिंगापुरमा नपाइने भएकाले चोखो तलबमा भर पर्नुपर्ने तर्क गरेकी छन्। ‘सबै होइन तर धेरै देशमा पदमा होउन्जेल घरमा कामदारदेखि कपाल काट्ने मान्छेसम्म हुन्छन्। राष्ट्रिय ध्वजावाहकमा सित्तैमा टिकटदेखि पारिवारिक विदा मनाउने पैसा पनि राज्यले दिन्छ र कतिपय देशमा त पदबाट हटेपछि पनि सुविधा पाइन्छ,’ होले भनेकी छन्। सिंगापुरले भ्रष्टाचार नहोस् र वौद्धिक प्रतिभा आकर्षित होऊन् भनेर मन्त्री र सरकारी अधिकारीहरूको तलब एकदमै धेरै बनाइदिएको छ। ली सिंगापुरका प्रधानमन्त्री बनेको १५ वर्षभन्दा बढी भयो। उनी सिंगापुरका निर्माता ली क्वान यूका छोरा हुन्। ली क्वान यूले झन्डै तीन दशक सिंगापुरको प्रधानमन्त्री बनेका थिए। २०७६ भदौ ५ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - २०:०२:०१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology