शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चित्लाङमा सुरु भयो पटकथा लेखन कार्यशाला,आन्तरिक मामिला तथा कानुन मन्त्री जम्कट्टेलले गरे उद्घाटन

चित्लाङमा सुरु भयो पटकथा लेखन कार्यशाला,आन्तरिक मामिला तथा कानुन मन्त्री जम्कट्टेलले गरे उद्घाटन

  • 5.3K
    SHARES
  • काठमाण्डौ । बुधबारबाट मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा पटकथा लेखन कार्यशाला सुरु भएको छ । चलचित्र विकास बोर्डको सहयोगमा नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले आयोजना गरेको कार्यशालाको उद्घाटन प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले गरेका थिए ।मन्त्री जमरकट्टेलले कार्यशाला आयोजनाको प्रशंसा गर्दै राज्य नेपाली फिल्मको स्तरउन्नतिका लागि चिन्तित रहेको बताए । बलिउडका चर्चित फिल्म लेखक रोबिन भट्ट र हलिउडका स्क्रिप्ट राइटर जेफ मोनाहान चित्लाङमा नेपाली लेखकहरूलाई पटकथा लेखन सिकाउनेछन् । त्यस्तै वरिष्ठ अभिनेता नीर शाहले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन यस्ता वर्कशपले सहयोग पुर्‍याउने बताए । ‘हामीले नेपालमा विदेशी फिल्म लगभग विस्थापित गरिसक्यौं । अहिले सिनेमा हलमा ६५ प्रतिशत दर्शक नेपाली फिल्मका छन् तैपनि हामीले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन सकेको छैनौं । यस्ता कार्यशालले नै त्यो पहिचान दिलाउन सहयोग पुर्याउने हो ।’ त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली फिल्मको पटकथा सुधारका लागि यो वकर्शपले भूमिका खेल्ने आशा व्यक्त गरे । कार्यशालामा प्रशिक्षण दिन आएका रोबिन भट्टले ७० बढी बलिउड फिल्म लेखेका छन् । ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’ आदि उनले लेखेका केहि सुपरहिट सिनेमा हुन्। त्यस्तै जेफ भने अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीमा पढाउँछन्। ‘नेपाल आउने रहर पहिला देखि नै थियो । आफ्नो लेखनयात्रा नेपालका लेखकसँग बाँड्न पाउँदा म साँच्चिकै उत्साहित छु,’ प्रशिक्षक भट्टले भने । जेफसँगै मिलेर रोबिनले पटकथा लेखनका शैली, अभ्यास र व्याकरण सिकाउँनेछन्। त्यसैगरी आयोजक एकेडेमीका अध्यक्ष केपी पाठकले नेपालमा फिल्म लेखकको कमीलाई महसुस गरी लेखन कार्यशाला आयोजना गरेको बताए । ‘राम्रो पटकथा कुनै पनि राम्रो फिल्मको आधार हो । वर्कसपले यो क्षेत्रमा काम गरिरहेका लेखकलाई थप क्षमता विकासका लागि प्रेरित गर्ने अपेक्षा गरेका छौं,’ उनले भने । कार्यशालापछि सहभागी हरेकले एउटा पटकथा लेख्न पर्ने र त्यसबाट एक जना विजेता छान्ने बताइएको छ । उत्कृष्ट हुने पटकथालाई छोटो फिल्म बनाउनका लागि १ लाख नगद उपलब्ध गराउने अध्यक्ष पाठकले बताए । कार्यशाला चित्लाङ रिसोर्टमा ७ दिनसम्म चल्नेछ । २०७६ भदौ ५ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - २०:३७:१४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology