आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गुगलद्धारा २१० वटा युट्युव च्यानल बन्द

गुगलद्धारा २१० वटा युट्युव च्यानल बन्द

  • 3.9K
    SHARES
  • काठमाडौं । गुगलले हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै दुई सय १० ओटा युट्यूब च्यानल बन्द गरेको छ । ती युट्यूब च्यानलहरुले आमरुपमा समन्वित प्रभाव सञ्चालनसँग जोडिएको खाता र गतिविधिको उत्पत्तिलाई लुकाउन खोजेको बताइएको छ । केही हप्ताअघि मात्र ट्विटर र फेसबुकले पनि हङकङमा जारी विरोधलाई बढावा दिने केही खाताहरुलाई बन्द गरेको थियो । भिडियो सर्च इञ्जिन युट्यूबले पनि त्यही कदमलाई निरन्तरता दिएको हो । यद्दपि ती कम्पनीहरुको विपरीत गुगलले त्यस्ता असक्षम खाताहरुको पछाडि चिनियाँ सरकारको हात रहेको भन्दै युट्यूब च्यानलहरु बन्द गरेको हो । ‘यो हप्ताको सुरुमा समन्वित प्रभाव सञ्चालनबाट बच्नका लागि हामीले गरेको प्रयासलाई प्रभावित पार्न खोज्ने २१० ओटा युट्यूब च्यानललाई बन्द गरिएको छ । ती युट्यूब च्यानलले हङकङमा जारी विरोध झल्किने भिडियोहरु अप्लोड गरेको थिए’, बयानमा भनिएको छ । बीबीसीका संवाददाताले गुगलका प्रवक्तालाई ट्वीटरको जस्तै हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने विरुद्धको अभियान हो रु या हङकङ विरोधी आन्दोलनलाई कमजोर गर्ने रणनीति हो रु भनेर सोधेको प्रश्नमा गुगलका प्रवक्ताले केही बोल्न नचाहेको बीबीसीले जनाएको छ । गुगलले राज्य नियन्त्रित मिडिया संगठन जस्तैः चिनियाँ प्रचारक, सिन्ह्वाको विज्ञापन बिक्रीमा रोक लगाउने योजना बनाएको हो भन्ने बारेमा पनि केही बताएको छैन । पछिल्लो समय नेपालको युट्युव ट्रेण्डिङमा रवी लामिछानेसँग सम्बन्धित शीर्षक भएका भिडियोहरु नै छन् । पछिल्लो केही सातायता युट्युवमा अपलोड भएका भिडियोहरुमा सबैले आ—आफ्नो तरिकाले हेडलाइन र थम्बनेल बनाएर राखेका छन् । अपलोड भएका भिडियो मध्ये ९९ प्रतिशत भ्रामक, पत्रकारीताको शिद्धान्त भन्दा बाहिरका कुराहरु छन् भनेर चर्चा समेत हुन थालेको छ । २०७६ भदौ ६ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७६ शुक्रवार - २०:३०:०५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology