आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

८५ वटा एप्स गुगलले प्लेस्टोरबाट हटायो

८५ वटा एप्स गुगलले प्लेस्टोरबाट हटायो

  • 4.8K
    SHARES
  • काठमाडौँ । सुरक्षाको कारण देखाउँदै गुगलले आफ्नो प्लेस्टोरबाट ८५ वटा एप्स हटाइ दिएको छ। ट्रेड माइक्रोमा सुरक्षामा अनुसन्धान कर्ताहरुले हटाइएका ती एप्सहरुभित्र विशेष प्रकारको दुस्खदायी एडवेय लुकाएर राखिएको भन्दै गुगलले प्लेस्टोरबाट हटाइ दिएको हो। ट्रेड माइक्रोमा मोबाइल थ्रेट रेस्पोन्स इन्जिनियर इकोल्‍यूलर जू ले एउटा ब्लग पोस्टमा लेखेका छन्,’ गुगल प्ले स्टोरमा एडवेयरको सम्भावित रियल लाइफ इफेक्टको नमूना भेटिएको छ। यसले पछि प्लेस्टोरलाइ नै हानी गर्न सक्छ। त्‍यसकारण यसलाइ त्यहाँबाट विस्थापित गरिएको हो।’ ट्रेड माइक्रोले यसलाई एन्ड्रोइड ओएस हाइडेन्डा, एचआरएक्सएचको रुपमा चिन्‍ने गरेको छ। उनलेभन भनेका छन्, ‘ यसले विज्ञापन धेरै देखाउँछ, साथै ग्राहकको व्‍यवहारलाई ट्रिगर्सको माध्‍यमबाट पत्ता लगाएर समय अनुसार धेरै नै तौरतरिकाहरु नियुक्त गर्छ, जसले पछि नोक्सानी र गोप्यता भंग हुन सक्छ। त्यसकारण हामी बन्द गर्न लागेका छौ।’ कम्पनीका अनुसार यस प्रकारको प्रभावित गर्ने अधिकांश एप्सहमा फोटोग्राफी तथा गेमिङ एप्सहरु समेत रहेका छन्।ती एप्सहरु करीब ८ लाखभन्दा धेरै पटक समेत डानलोड भएको थियो। यस्तै प्लेस्टोरबाट हट्‍ने एप्सहरुमा सुपर सेल्फी, काँ क्‍यामेरा, पप क्‍यामेरा तथा वन स्ट्रोक लाइन पजल चर्चित थिए जसलाई माइक्रोले एडवेयरसँग संक्रमति गर्ने टुल्सको रुपमा पहिचान गरेको थियो। साभार देश सञ्चार २०७६ भदौ ६ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७६ शुक्रवार - २३:३८:०० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology