आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अब हामीलाई भाषण होईन व्यवहार र प्रश्न होईन जवाफ चाहिन्छ : श्रद्धा रिमाल

अब हामीलाई भाषण होईन व्यवहार र प्रश्न होईन जवाफ चाहिन्छ : श्रद्धा रिमाल

नागरिक पाटी

२९, भाद्र २०८२
  • 7.6K
    SHARES
  • अब हामीलाई भाषण होईन व्यवहार र प्रश्न होईन जवाफ चाहिन्छ : श्रद्धा रिमाल

    गल्छी बाल समुह सञ्जालकी अध्यक्ष श्रद्धा रिमालले अझै पनि बालबालिका सडकमै रात बिताउन बाध्य रहेको बताएकी छिन् । ६१औं राष्ट्रिय बालदिवसको अवसरमा एक विज्ञप्ती जारी गर्दै अध्यक्ष रिमालले अझै पनि बालबालिकाहरु विद्यालयभन्दा टाढा रहेको र हिंसा तथा शोषणको शिकार भईरहेको भन्दै ठूला भाषण र आश्वासनले मात्र भविष्यको सुनिश्चितता गर्न सक्छ भन्दै प्रश्न गरेकी छिन् । उनले अब आफुहरुलाई भाषण होईन, व्यवहार चाहिएको र प्रश्न नभएर जवाफ चाहिएको उल्लेख गरेकी छिन् ।

    images

    के छ विज्ञप्तीमा :
    आज भाद्र २९ अर्थात् ६१औं राष्ट्रिय बालदिवस म लगायत सम्पुर्ण बालबालिका, सरोकारवाला निकाय बालबालिकाका लागि अहोरात्र खटिनुहुने महानुभावहरु एवम् सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

    तर आजको यथार्थ के हो ?
    अझै पनि बालबालिका सडकमै रात बिताउन बाध्य छन्, विद्यालयभन्दा टाढा छन्, हिंसा र शोषणको शिकार भईरहेका छन्। हरेक वर्ष ठूला भाषण र प्रतिबद्धता सुनिन्छन् तर प्रश्न उहीं छ? के ती भाषणले भोक मेट्न सक्छ ? के ती आश्वासनले भविष्यको सुनिश्चितता गर्न सक्छ ?

    केही दिन यताको घटनाक्रम र जेन जी आन्दोलनले बालबालिकाको नेतृत्वप्रतिको निराशा र परिवर्तनको लागि बालबालिकाको भुमिका कत्ती महत्त्वपूर्ण र प्रभावकारी हुन्छ भन्ने कुरा प्रष्ट पारेको छ। यस क्रममा ज्यान गुमाउनु हुने सम्पुर्ण दिवङ्गत आत्माहरुको चिर शान्तिको कामना र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

    अब हामिलाई भाषण होईन, व्यवहार चाहिन्छ । प्रश्न होईन,जवाफ चाहिन्छ। किनकि हामी स्वस्थ हुनु भनेको देश स्वस्थ हुनु हो। हामी शिक्षित हुनु भनेको देश शिक्षित हुनु हो र हामी असल हुनु भनेको देश सबल हुनु हो। जबसम्म बालबालिका बन्दैनन् तबसम्म तपाईं हामी बन्दैनौँ। जबसम्म हामी बन्दैनौँ तबसम्म देश बन्दैन। त्यसैले बालबालिका र बालबालिकाको विषय सबैको प्राथमिकतामा परोस् र यो बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराले सार्थक पाओस् ।

    जय बालबालिका
    जय बालमैत्री
    बाल दिवसको शुभकामना !
    श्रद्धा रिमाल
    अध्यक्ष
    गल्छी बाल समुह सञ्जाल

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २९, २०८२ आइतवार - १९:५०:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology