शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रातरात हिट भएकी रानु को हुन् ?

रातरात हिट भएकी रानु को हुन् ?

  • 4.8K
    SHARES
  • काठमाडौं । भाग्य कतिखेर बदलिन्छ भन्न सकिन्न। तर जब बदलिन्छ त्यो हामीले सोचेभन्दा निकै भिन्न भइदिन्छ। कतिपय अवस्थामा त त्यो सपना हो कि विपना छुट्याउनै सकिँदैन। भारतको पश्चिम बंगालको रानाघाट स्टेशनमा गीत गाएर गुजारा चलाउने रानूमण्डल यी दिनहरुमा यस्तै अनुभूति गर्दै छिन्। उनले गाएको ‘एक प्यारका नगमा है, मौजों कि रवानी है’बोलको गीत युट्युबमा भाइरल भएको छ। उनको आवाज सुन्नेहरुले मण्डललाई लतामंगेश्करको आवाजसँग तुलना गरेका छन्। रेलवे स्टेशनमा उनले गाएको गीत एक यात्रुले रेकर्ड गरेर सोसल मिडियामा अपलोड गरेपछि भिडियो भाइरल भएको थियो। यही भिडियोबाट रानूले गीत गाउने अफर पाएकी छिन्। भारतीय गायक हिमेश रेशमियाले आफ्नो नयाँ फिल्म ‘ह्याप्पी हार्डी एण्ड हिर’को लागि‘तेरी मेरी कहानी’बोलको गीत रानूसँग रेकर्ड गराएका छन्। स्टुडियोमा रेकर्ड गरिएको भिडियो हिमेशले सोसल मिडियामा सेयर गरेका छन्। रानूलाई बलिउडमा इन्ट्रि गराउन मेकओभर समेत गरिएको छ। सैलुनमा उनको हेयरस्टाइल परिवर्तन गरिएको तस्विर पनि यतिबेला भाइरल भएको छ। पछिल्लो खबर अनुसार उक्त भिडियो कै कारण रानूको भेट छोरीसँग भएको छ। आमा छोरीको बिगत १० वर्षदेखि सम्पर्क हुन सकेको थिएन। रानू मण्डलको जीवन निकै कष्टकर थियो। उनको विवाह मुम्बाइमा बाबु मण्डलसंग भएको थियो। पतिको मृत्युपछि उनी आफ्नो घर रानाघाट फर्किएकी थिइन्। उनले त्यहीँको रेलवे स्टेशनमा गीत गाएर पेट पालिरहेकी थिइन्। अहिले रानुलाई मुम्बाइको एक रियालिटी सो ले गीत गाउन अफर गरेको छ। साथै कलकत्ता, केरला र बंगलादेशबाट पनि गीत गाउन अफर आइरहेका छन्। रानूको जीवनमा आएको यस्तो परिवर्तनलाई भाग्यको खेल नै मान्नु पर्छ। साभार अन्नपुर्ण २०७६ भदौ ७ गते प्रकाशित भिडियो हेर्न तल किल्क गर्नुहोला https://youtu.be/tNF4_EvN9SQ

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७६ शनिवार - २१:१७:१६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology