आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

यस्तो छ, केराउ र चनाका मुख्य ८ फाइदा

यस्तो छ, केराउ र चनाका मुख्य ८ फाइदा

  • 4.3K
    SHARES
  • काठमाडौं । हाम्रो दैनिकीमा धेरै खपत हुने मध्येको खाद्य पदार्थ केराउ र चना पनि हो । सामान्यतया खाजाको रुपमा केराउको छोले र चनाको खुव प्रयोग हुन्छ । तर केराउ र चना खाँदाका धेरै फाइदा छन् त्यो सबैलाई थाहा नहुन सक्छ । चना र केराउ खाँदा मुख्य आठ फाइदा यस्ता छन् । तौल घटाउँछ स् चना तथा केराउमा हुने फाइबरको कारणले यीनीहरूको सेवन तौल घटाउनको लागि निकै उपयोगी मानिन्छ । चना तथा केराउले लामो समय सम्म ढाडस दिइरहन्छ । चना तथा केराउले साहाकारीहरूको भोजन डाइटमा समेत महत्वपूर्ण भूमिका निर्बाह गर्दछ । शक्ति वढाउँछ : चना तथा केराउको प्रयोगले शक्ति बढ्छ भने प्रतिरक्षात्मक क्षमता पनि बढ्छ । चिनीको सन्तुलन : चना तथा केराउको प्रयोगले शरीरमा भएको चिनीको मात्रालाई सन्तुलनमा राख्दछ । महिलाको हर्मोनलाई नियमित बनाउँछ : महिलाहरुमा उत्पादन हुने विभिन्न प्रकारका हर्मोनलाई केराउ चनाले नियमित बनाउँछ । हर्मोनको नियमितताले छातिको क्यान्सर हुने सम्भावना कम हुन्छ । रक्तअल्पताको हेरचाहा स् चना तथा केराउमा हुने फलाम तत्वको कारणले रक्तअल्पता हुने सम्भावना कम हुन्छ । रक्तचाप नियमित बनाउँछ : केराउ तथा चनाको प्रयोगले उच्च रक्तचापलाई केही कम गर्छ । केराउ चनाको प्रयोगले रक्तचापलाई नियमित बनाउँछ । अपच हुने समस्या हुँदैन : चना तथा केराउमा हुने फाइबरका कारण अपच हुने समस्या कम हुन्छ । यसले स्वस्थ पाचन प्रणालीलाई विकास समेत गर्दछ । मुटु स्वस्थ बनाउँछ : चना तथा केराउको प्रयोगले स्वस्थ मुटु बनाउनको लागि अहम भूमिका खेल्दछ । साथै चना तथा केराउको प्रयोगले हृदय सम्बन्धि जटिलता हट्दछन् ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ८, २०७६ आइतवार - १४:१९:०९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology