काठमाण्डौ – सिनामङ्गलमा टिप्परले तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।
गए राति नम्बर नखुलेको टिप्परले बा ८५ प ५६९, ज ४३ प ९७५३ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको अर्को एउटा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुलेको छैन । घाईतेको विभिन्न अस्पतालमा उपचार भैरहेको बताईएको छ ।
२०७६ भदौ ९ गते प्रकाशित