काठमाण्डौँ । जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना भएको छ । रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा यात्रुबाहक बस दुर्घटना भएको हो ।
बस दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सुर्खेत जिल्ला प्रहरी कार्यालयका डीएसपी रवि रावलले उपचारका क्रममा दुईजनाको मृत्यु भएको जनाएका छन् । घटना स्थलमा एकजना महिलाको मृत्यु भएको थियो ।
सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ५ मा पर्ने एमाले मोडमा ना ४ ख ९३ १७ नम्बरको यात्रुबाहक गाडी दुर्घटना भएको थियो । गाडीमा चालकसहित ३० जना सवार भएकोमा ३ जनाको मृत्यु भएको र २७ जना घाइते भएका प्रहरीले जनाएको छ । गाडी चालकलाई घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा राखेको छ ।
यात्रुवाहक गाडी आज विहान ३ बजेतिर दुर्घटना परेको हो । घाइतेहरुको नेपालगञ्ज शिक्षण अस्पताल, कोहलपुर लगायत स्थानीय मेडिकलमा उपचार भइरहेको जनाएको छ । ब्रेकफेल भएर गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
२०७६ भदौ ११ गते प्रकाशित