आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सानिमा बैँक नौविसे शाखाद्धारा दुई विद्यार्थीलाई छात्रवृती प्रदान

सानिमा बैँक नौविसे शाखाद्धारा दुई विद्यार्थीलाई छात्रवृती प्रदान

  • 6.6K
    SHARES
  • नौबिसे । सानिमा बैक नौविसे शाखाले ‘एसईई’ उत्तीर्ण दुई विद्यार्थीलाई अध्ययनको लागि ‘सानिमा छात्रवृत्ति’ प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुनिवेसी–९ का श्रीकृष्ण परियार र धुनिवेसी–८ की रेश्मी गिरीलाई छात्रवृती प्रदान गरिएको बैँकका शाखा प्रबन्धक मधु प्रकाश खतिवडाले बताए । आर्थिक अवस्था र शैक्षिक सामाग्रीको कमीले शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उदेश्यका साथ बैंकले दिँदै आएको छात्रवृत्ति निरन्तरताको लागि छनौट समिती गठन गरिएको थियो । सोहि छनौट समितीको सिफारिसका आधारमा बैँकमा बिहिबार आयोजित कार्यक्रममा धुनिवेसी नगरपालिका–७ का वडाअध्यक्ष तथा समाजसेवी केदारप्रसाद पाठकबाट परियार र गिरीलाई छात्रवृत्ति हस्तान्तरण गरिएको छ । बैंकले वि.सं. २०६९ देखि निरन्तर उपत्यका बाहिरका हरेक शाखाबाट वार्षिक दुई जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आइरहेको छ । यो सँगै सानिमा बैंक नौविसे शाखाबाट छात्रवृत्ति पाउने विद्यार्थीको संख्या १४ पुगेको छ । २०७६ भदौ १२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०७६ बिहिवार - २२:५४:०५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology