शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

१२ वर्षपछि जापानमा व्यावसायिक पहिलो उडानमै १ करोड घाटा

१२ वर्षपछि जापानमा व्यावसायिक पहिलो उडानमै १ करोड घाटा

  • 3.4K
    SHARES
  • काठमाडौँ । जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौं फर्किएको छ । निगमको विमान बिहीबार बिहान साढे २ बजे १ सय ४६ यात्रु लिएर जापानको ओसाकातर्फ उडेको थियो । जापानले नेपाललाई ओसाका र नारितामा सातामा १४ वटा उडान अनुमति दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ३ सय यात्रु क्षमताको वाइडबडी विमानले जापानमा वार्षिक कम्तीमा २ लाख यात्रु एकतर्फी उडान गर्न सक्ने अनुमति नेपालसँग छ । निगमले काठमाडौं–ओसाकाका लागि एकतर्फी हवाई भाडा ३७ हजार र दुईतर्फी ७२ हजार तोकेको छ । निगमका लागि जापानका कन्ट्री म्यानेजर सन्तोष पाण्डेका अनुसार निगमले उडान थाल्नुअघि जापान सिधा उडान नभएकाले हङकङ वा बैंकक हुँदै जानुपर्ने बाध्यता थियो । यसरी जाँदा एकतर्फी भाडा ४० देखि ६० हजार तथा दुईतर्फी ८० देखि ९० हजारसम्म पर्छ । विदेशी वायुसेवा कम्पनीले दसैंताका दुईतर्फी भाडा १ लाख रुपैयाँसम्म पुर्‍याउने गर्छन् । निगमले दसैंअघि प्रवर्द्धनात्मक भाडादर तोकेको छ । एक अधिकारीका अनुसारनिगमले सुरुवाती चरणमाअत्यधिक घाटा बेहोर्दै जापान उडान थालेको छ । निगमको वाइडबडी उडानमा प्रतिघण्टा साढे १६ लाख रुपैयाँ सञ्चालन खर्च लाग्छ । यसअनुसार सात घण्टा हाराहारीको एकतर्फी उडानमा कम्तीमा १ करोड १५ लाख रुपैयाँ सञ्चालन खर्च बेहोर्नुपर्छ । ‘बिहीबार ओसाकाबाट फर्किंदा निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजार रुपैयाँ मात्रै उठाउँदा १ करोड रुपैयाँ घाटा बेहोर्नुपर्‍यो,’ ती अधिकारीले भने, ‘बिहीबार बिहानको पहिलो उडानमा पनि कम्तीमा ७० लाख घाटा बेहोर्नुपर्‍यो ।’ पहिलो उडानमा निगमले पर्यटन राज्यमन्त्री धनबहादुर बुढासहित ५ जना सांसद, तीन जना सहसचिव सुरेश अचार्य, विश्वराज ढकाल, रोशन खनाल, २० जना पर्यटन व्यवसायीसहित ५७ जनालाई आफ्नै खर्चमा जापान भम्रणमा सहभागी गराएको छ । उनीहरू सबै शनिबारको उडानमा काठमाडौं फर्किने कार्यक्रम छ । निगमको वाइडबडी विमान जापानको ओसाका उडेसँगै सातवटा मुलुकमा निगमका नौ वटा अन्तर्राष्ट्रिय रुट पुगेका छन् । जहाज अभावलगायत व्यवस्थापकीय कमजोरीका कारण निगमले ०६३ चैत २९ पछि ओसाका उडान स्थगन गरेको थियो । यसअघि निगमले ०५१ कात्तिक १३ गते काठमाडौंबाट चीनको सांघाईमा अवतरण गर्दै जापानका लागि ९इन–डाइरेक्ट० उडान गरेको थियो । सााभार कान्तिपुर २०७६ भाद्र १३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७६ शुक्रवार - १८:४३:२९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology