आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मुक्तिनाथ विकास बैँकद्धारा प्रेम सागर फाउन्डेशनलाई ५० हजार नगद हस्तान्तरण

मुक्तिनाथ विकास बैँकद्धारा प्रेम सागर फाउन्डेशनलाई ५० हजार नगद हस्तान्तरण

  • 5.3K
    SHARES
  • शिवराज आचार्य तसर्पू, । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ तसर्पू दामेचौरमा रहेको प्रेम सागर फाउन्डेशन द्धारा सञ्चालीत जनभोजन कार्यक्रमलाई मुतिmनाथ विकास बैँकले ५० हजार नगद हस्तान्तरण गरेको छ । प्रेम सागरको जनभोजन कार्यक्रमको कार्यालय तसर्पू दामेचौरमा आज एक कार्यक्रमको विच मुतिmनाथ विकास बैँकका धार्के शाखा प्रमुख राजिव आचार्यलले जनभोजनका ब्यबस्थापक भोला रावतलाई नगद रु ५० हजार हस्तान्तरण गरिएको छ । प्रेम सागर फाउन्डेशन द्धारा सञ्चालित जनभोजन कार्यक्रमले दैनिक ३ सय ७५ जना बालबालीका र १ सय जना बृद्ध आमा बुबाहरुलाई बिहानको खाना खुवाउँदै आएको छ । यस्तै धादिङ र मकवानपुरका बिभिन्न विद्यालयका १ हजार ७ सय भन्दा बढी बिद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम सञ्चालन गदै आएको व्यवस्थापक भोला राउतले बताए । काठमाडौ बाट नजिक भए पनि विपन्न पछाडी परेको समुदायमा जनभोजन कार्यक्रमले नागरिकमा परिवर्तत आउनुका साथै बालबालीकाले पोषण युक्त खाना खान पाएकोमा आफुहरु खुशि भएको मुतिmनाथ विकास बैँक धार्के शाखाका प्रमुख राजिव आचार्यले बताए । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत जनभोजनलाई नगद रकम हस्तान्तरण गरिएको हो । जनभोजन कार्यक्रममका लागी दैनिक खाना र खाजा ब्यबस्थापन खर्च ५० हजार लाग्ने गरेको छ । त्यसैअनुरुप बैँकले एक दिन बराबरको खाना र खाजाको ब्यबस्थापन खर्च उपलब्ध गराएको बैँकले जनाएको छ । बैँकले आगामी दिनहरुमा पनि सहयोग गर्ने जनाएको छ । जनभोजन कार्यक्रम ब्यबस्थापनको लागी बिभिन्न ब्यक्तिहरुले आमाको मुख हेर्ने, बुबाको मुख हेर्ने दिन, जन्म दिन, बिबाह उत्सवका अवसरमा सहयोग गर्दै आएका छन् । गत साता मात्र जनता बैँकले रु २ लाख सहयोग गरेको थियो ।
    २०७६ भाद्र १३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७६ शुक्रवार - २३:३२:१३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology