आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

  • 5.1K
    SHARES
  • काठमाडौं । अछाम, रोल्पा, रुपन्देही र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।अछामको मेल्लेख गाउँपालिका ७ नदेगडास्थित सडकमा साँफे बगरबाट मेल्लेखतर्फ जाँदै गरेको से.१. ज ९८६ नम्बरको जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर शुक्रबार साँझ दुर्घटना हुँदा जिपमा सवार मेल्लेख गाउँपालिका(७ नदेगडा बस्ने ३० वर्षीया कौशी साउद र ३१ वर्षीया किथ्थी साउदको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक सहित ५ जनालाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटा लगिएको छ । यस्तै रोल्पाको रोल्पा नगरपालिका-७ निम्रीस्थित सडकमा ना.१ ज ४६५६ नम्बरको जिप सडकबाट अन्दाजी ८ सय मिटर तल माडी खोलाको बिचमा खसेर शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१० धङसी बस्ने ३२ वर्षीय दिल बहादुर बुढाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका १ रानीकुवा चोकस्थित सडकमा लु.१ ज १७४६ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया नन्दाकली सुबेदीको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी झापाको कन्काई नगरपालिका- १ जामुनवारी चोकस्थित सडकमा को.१ ख ७२०४ नम्बरको बसले मे।११ प ८९७७ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटर चालक भद्रपुर नगरपालिका(९ बस्ने २८ वर्षीया सुजना पोख्रेलको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ । स्कुटरलाई ठक्कर दिई बस आफै अनियन्त्रित भई पल्टिँदा घाइते भएका अन्य १७ जनाको सोही अस्पतालमा उपचारको भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान भईरहेको जनाएको छ । २०७६ भाद्र १४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७६ आइतवार - ०२:४१:५५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology