शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको खानिखोलामा तिज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

धादिङको खानिखोलामा तिज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

  • 4.3K
    SHARES
  • खानिखोला । धादिङको खानिखोलामा तिज विशेष साँस्कृतीक कार्यक्रम भएको छ । हरितालिका तिजको अवसरमा  खानिखोला युवा क्लब र खानिखोला टोल सुधार समितीको आयोजनामा कार्यक्रम भएको हो । क्लबका अध्यक्ष सन्तोष उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका अध्यक्ष बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता, उपप्रमुख निरु खरेलको विशेष आतित्थ्यता, जिफन्ट धादिङका सँस्थापक अध्यक्ष तथा मजदुर नेता शुरेस आचार्य लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रममा गायक रुपक परियार, राम थापा शिशिर, विन्दा सुन्दास, यशोदा विँडारी, दुर्गा विँडारी लगायतका कलाकारहरुले प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो । तिज पर्वको अवसरमा यसका साथै राजमार्ग क्षेत्रका बैरेनी, गजुरी, मलेखु लगायतका स्थानमा पनि कार्यक्रमको आयोजना भएको थियो । २०७६ भाद्र १६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १७, २०७६ मंगलवार - ०७:३१:५८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology