शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दोश्रो एपिक नेपाल म्युजिक अवार्ड मंसिरमा हुने, आवेदन खुल्ला

दोश्रो एपिक नेपाल म्युजिक अवार्ड मंसिरमा हुने, आवेदन खुल्ला

  • 7.2K
    SHARES
  • काठमान्डौँ । एपिक नेपाल म्युजिक प्रा।लि।को आयोजनामा दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ आगामी मंसिरको दोश्रो साता काठमान्डौँमा हुने भएको छ । “कला र गला संरक्षण हाम्रो अभियान , अग्रजलाई सम्मान नवलाई प्रोत्साहन” भन्ने नाराका दोश्रो एपिक नेपाल म्युजिक अवार्ड हुने भएको आयोजक सस्था एपिक नेपालले जनाएको छ । अवार्ड मुख्य गरि नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल एवम नव प्रतिभाका सर्वोकृष्ट रचनाहरुलाई अवार्ड प्रद्धान गरिने बताइएको छ । नेपाली लोकदोहोरी, आधुनिक, पप , लोकपप र काठे र देउडा समाबेश गरिएको आयोजकले जनाएको छ । २०७५ साल जेष्ठ १ गते देखी २०७६ असार मसान्त सम्म बजारमा आएका गीतले सहभागिता जनाउन पाउने एपिक नेपाल म्युजिक प्रा।लिका अध्यक्ष अमन श्रेष्ठ द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । अवार्डको फाईनल राजधानीमा सम्पन्न गरिने भएको छ । अवार्ड फाईनलको दिन नेपाली गीत सङ्गीत क्षेत्रका बरिष्ठ व्यक्तिलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । साथै नेपाली गीत संगीतको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई एपिक कला पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ । आवेदन फारम एपिक नेपालको कार्यालयमा साथै एपिक नेपालको सम्पर्क न ९८५१२०३२७७ , ९८५२०२२९१८ , ९८६५५४३१९१ वा ९८०८२३६९८४ मा सम्पर्क गर्न सकिने उनले जानकारी दिए । २०७६ भाद्र १९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७६ बिहिवार - १४:४५:३३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology