आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ई बैङ्किङ सेवामा चुनौती : अनौठा र अपत्यारिला चोरी बढ्दै

ई बैङ्किङ सेवामा चुनौती : अनौठा र अपत्यारिला चोरी बढ्दै

  • 7.1K
    SHARES
  • काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि प्रवेशद्वारमा हतियार सहितका सुरक्षागार्ड बाक्लै रुपमा उपस्थिति हुन्छन्। तर, तिनै गार्डले चाल नपाउने गरी नगद चोरी भएको घटना अनौठो र अपत्यारिलो बन्दै छन्। सूचना प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा राखिएको नगद चोरी भएको घटना नौलो नभए पनि कतिपय अब्बल र इमान्दार बैंकर्स तथा सुरक्षा गार्डका लागि भने यस्तो घटना अनौठो र अपत्यारिलो बन्ने गरेका छन्। बबरमहलस्थित प्रभू बैंकको मुख्यालयमा खटिएका एक सुरक्षागार्डले आश्चार्य मान्दै भने,–हाकिमले नै थाह नपाउने गरी चोरी हुँदो रहेछ, हामी त सामान्य कर्मचारी (सुरक्षागार्ड) । बैंक तथा वित्तीय संस्थाका लागि ‘ह्याकर’ ठूलो अपराधि भन्नेमा ती सुरक्षागार्ड विश्वस्त छन्। तर, बैकर्सहरू भने यो समस्याप्रति गम्भीर तथा सचेत देखिदैन्न, नेपाल प्रहरीको साइबरक्राइम अनुसन्धानकर्ता प्रहरी नायव उपरीक्षक पशुपति राय ई–बैकिङ सेवामा साइबर सुरक्षा थ्रेट विश्वकै लागि चूनौतिपूर्ण बन्दै गएको बताए। नेपालका बैंक तथा वित्तीय संस्थामा पनि साइबर सुरक्षाको जोखिममा रहेकाले प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको कार्यालयले सम्वद्ध अधिकारीलाई पटक–पटक यस विषयमा सचेत र सतर्क गराएको उनले स्पष्ट पारे। गोरखापत्रमा खबर छ । २०७६ भदौ २० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २०, २०७६ शुक्रवार - १५:३९:२७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology