पोखरा । गण्डकी प्रदेशमा रोज बहिनी विद्यालय स्वस्थ परियोजनाको शुभारम्भ गरिएको छ । विद्यालयमा अध्ययनरत किशोरीहरुलाई रोज बहिनी विद्यालय स्वस्थ परियोजना मार्फत सेनेटरी प्याड वितरण कार्यक्रमको आयोजना गरी परियोजनाको शुभारम्भ गरिएको रोज बहिनी सृजनशिल समाजका अध्यक्ष विजयश्री रेग्मी भण्डारीले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाको उपप्रमुख मञ्जुदेवी गुरुङ्गको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा भारतबाट आउनु भएका मातृमण्डल सेवा भारतीको बृज प्रन्त उपाध्यक्ष डाक्टर निर्मला सिंह साथै मातृमण्डल सेवा भारतीको क्षेत्रीय वौद्विक प्रमुख रिना सिंहज्यू द्वारा सनातन धर्म, संस्कार, संस्कृति र सिता माताको आदर्शको बारेमा प्रशिक्षण पनि दिईएको थियो । कार्यक्रममा किशोरीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
रोज बहिनी सृजनशिल समाजले रोजबहिनी आमा समाज, मजदुर समाज, किसान समाज, लगायत किशोरी क्लब गठन गर्दै महिला बालबालिका तथा किशोरी स्वास्थ्य शिक्षा सुरक्षा लगायतको क्षेत्रमा काम गर्दै आएको समाजका सँरक्षक माधव प्रसाद भण्डारीले बताउनुभयो । उहाँका अनुसार अन्य प्रदेशमा पनि परियोजनाको सुरुवात गर्ने तयारी भईरहेको छ ।
यो पनि पढ्नुहोस्...
रोज बहिनी सृजनशिल महिला समाजको प्रदेश २ सँयोजकमा सापकोटा मनोनित, अब केहि प्रदेशमा मात्र सँयोजक मनोनित गर्न बाँकी
रोज बहिनी सृजनशिल महिला समाजको प्रदेश ५ सँयोजकमा सिर्जना घर्ति मगर मनोनित
रोज बहिनी सृजनशिल महिला समाजको प्रदेश ३ सँयोजकमा रिजना श्रेष्ठ मनोनित
रोज बहिनी सृजनशिल महिला समाजको गण्डकी प्रदेश सँयोजकमा कार्की मनोनित

२०७६ भदौ २० गते प्रकाशित