धादिङ । धादिङको पृथ्वी राजमार्गअन्तर्गत गल्छीमा सडकमाथिबाट आएको पहिरोले अवरुद्ध भएको राजमार्ग साँझबाट सञ्चालनमा आएको छ ।
सडकमाथिबाट आएको पहिरो डोजरको सहायताले पन्छाएपछि एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीको भनाई छ ।
सडकको सबै पहिरो शनिबार बिहानदेखि हटाउन सुरु गर्ने वडा नम्बर ७ का वडाध्यक्ष हरि खतिवडाले बताउनुभयो ।
२०७६ भाद्र २० गते प्रकाशित