आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भिमढुँगा-लामिडाँडा सडकको नर्सरी-ठुलोखोलामा पहिरो, सडक अवरुद्ध, केहि घरमा क्षति

भिमढुँगा-लामिडाँडा सडकको नर्सरी-ठुलोखोलामा पहिरो, सडक अवरुद्ध, केहि घरमा क्षति

  • 6.8K
    SHARES
  • काठमाण्डौँ । भिमढुँगा लामिडाँडा गल्छि सडक अन्तर्गत नर्सरी भन्ज्याङ ठुलोखोला क्षेत्रमा पहिरोले सवारी आवतजावत ठप्प भएको छ । बिहिबार राती परेको पानीका कारण ठाउँ ठाउँमा पहिरो गएपछि सवारी आवतजावत ठप्प भएको स्थानियले बताएका छन् । सडक माथीबाट पहिरो कतिबेला खस्छ भनेर स्थानिय त्रासमा रहेको स्थानिय अजिता खत्रीले बताईन् । उनका अनुसार काठमाण्डौको नार्गाजुन नगरपालिका वडा नम्बर ८ को खड्का गाउँ र धुनिबेशी नगरपालिकाको वडा नम्बर १ र २ मा पर्ने खत्री गाउँ र भन्ज्याङपोखरी क्षेत्रमा समस्या रहेको छ । धुनिबेशी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बलराम कुँवरले जसोतसो मोटरसाईकल गुड्ने भएपनि ठुला सवारी साधन सञ्चालन हुन नसकेको बताए । उनका अनुसार पहिरोका कारण ७ देखि १० घरमा क्षति पुगेको छ भने सडक छेउमा गाडिएका पोल पनि लड्ने अवस्थामा छन् । यस्तै खड्का गाउँमा लगातार पहिरो खस्ने समस्या भईरहेको उहाँले बताउनुभयो । पटक पटक पहिरो पन्छाएपनि अवस्था उस्तै रहेको वडा अध्यक्ष कुँवरको भनाई छ । यस्तै वडा नम्बर १ का वडा अध्यक्ष चन्द्र तामाङले सडक माथीबाट खसेको पहिरोले केहि घरमा क्षति पुगेको बताए । उनले मौसममा पुर्ण सुधार आएपछि सडक सफा गरी सवारी साधन सञ्चालन गर्ने बताए । २०७६ भदौ २१ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०७६ शनिवार - १८:३६:४३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology