आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चिनियाँलाई पर्यटन वर्ष २०२० सफल पार्न प्रवेशाज्ञा शुल्क मिनाहाः मन्त्री भट्टराई

चिनियाँलाई पर्यटन वर्ष २०२० सफल पार्न प्रवेशाज्ञा शुल्क मिनाहाः मन्त्री भट्टराई

  • 4.4K
    SHARES
  • काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन वर्ष २०२० मा चिनियाँ पर्यटकीय उल्लेख्य मात्रामा आउने बताएका छन् । चिनियाँ दूतावासले शनिबार काठमाडौंमा गरेको नेपाल–चीन व्यापार सम्बन्धी फोरममा पर्यटनमन्त्री भट्टराईले पर्यटन वर्ष सफल पार्न चिनियाँ पर्यटकको भूमिकाबारे उल्लेख गरेका थिए । चिनियाँ पर्यटकलाई सहजताका लागि नेपाल प्रवेशाज्ञा शुल्क मिनाहा गरिएको बताए । साथै ।मन्त्री भट्टराईले नेपालको अन्य क्षेत्रमा लगानी गर्न पनि चिनियाँ सरकारसँग आग्रह गरे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा लगानीको वातावरण सुनिश्चित गर्न सरकार सक्षम रहेको बताए । मन्त्री यादवले संघीयता सफल कार्यान्वयनका कारण सबै तहका निर्वाचन सम्पन्न भइसकेकाले नेपालको समृद्धिको चाहनालाई पूरा गर्न चीन र चिनियाँ जनतासँग आग्रह गरे । २०७६ भाद्र २१ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार - ०४:१८:३६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology