शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिकामा पशुपन्छी घुम्ती शिविर तथा स्थलगत तालिम सञ्चालन हुने

गल्छी गाउँपालिकामा पशुपन्छी घुम्ती शिविर तथा स्थलगत तालिम सञ्चालन हुने

आशिष ठकुरी

१६, आश्विन २०८३
  • 785
    SHARES
  • गल्छी गाउँपालिकामा पशुपन्छी घुम्ती शिविर तथा स्थलगत तालिम सञ्चालन हुने

    धादिङ । गल्छी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ का वार्षिक कार्यक्रमबारे जानकारी गराउने उद्देश्यसहित पशुपन्छी घुम्ती शिविर तथा स्थलगत तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको पशु सेवा शाखाले सार्वजनिक गरेको सूचना अनुसार असोज १९ गतेदेखि २७ गतेसम्म विभिन्न वडामा शिविर तथा तालिम सञ्चालन गरिनेछ ।

    images
    images

    यसअघि असोज ९ गतेदेखि सञ्चालन गर्ने भनिएको कार्यक्रम त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित भएपछि नयाँ मिति निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।

    कार्यक्रमअन्तर्गत गाउँपालिकाका विभिन्न वडामा पुगेर पशुपन्छीसम्बन्धी घुम्ती शिविर तथा स्थलगत तालिम सञ्चालन गरिनेछ । कार्यक्रम बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ ।

    गाउँपालिकाले सार्वजनिक गरेको तालिकाअनुसार असोज १९ गते वडा नम्बर ५ को वडा कार्यालय थालचौर, २० गते वडा नम्बर १ को वडा कार्यालय डुम्रीचौर र २१ गते वडा नम्बर ८ को वडा कार्यालय गोगनपानीमा कार्यक्रम हुनेछ ।

    त्यस्तै, असोज २२ गते वडा नम्बर २ को वडा कार्यालय बरभन्ज्याङ, २३ गते वडा नम्बर ३ को वडा कार्यालय आमडाँडा, २६ गते वडा नम्बर ४ को चिरौंदीभन्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्र र २७ गते वडा नम्बर ६ को बागेश्वरी आधारभूत विद्यालय बाहुनपलाङमा कार्यक्रम सञ्चालन गरिने सूचनामा उल्लेख छ ।

    गाउँपालिकाले सम्बन्धित वडाका सरोकारवाला तथा पशुपन्छी पालक कृषकहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई कार्यक्रमबाट लाभ लिन अनुरोध गरेको छ ।

    हेर्नुहोस् सुचना : 

    talim.jpg
    undefined

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १६, २०८३ शुक्रवार - ०८:५६:५२ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology