आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

केन्द्रका लागि ५ हजार कर्मचारी मागिदै

केन्द्रका लागि ५ हजार कर्मचारी मागिदै

  • 4.0K
    SHARES
  • काठमाण्डौँ । स्थानीय तहका कर्मचारी भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेका बेला लोकसेवा आयोगले संघका लागि पनि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । आयोगले करिब ५ हजार दरबन्दीमा नयाँ भर्ना प्रक्रिया सुरु गर्ने भएको हो । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदका लागि आयोगमा माग पठाइसकेको छ । एक साताभित्रै अन्य पदमा पनि माग पठाउने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार संघका लागि करिब ५ हजार पद रिक्त छन् । सम्पूर्ण विवरण संकलन भइरहेको संघीय मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिए । २०७६ भाद्र २२ गते प्रकाशित  

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार - १५:२३:४८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology